बाराका प्रभु चौधरीले मलेसियामा झुन्डिएर गरे आत्महत्या।

661

क्वालालम्पुर(मलेसिया):= शुक्रवार राती मलेसियामा कार्यरत नेपाली कामदार पासो लगाई झुन्डिएर आत्महत्या गरेका छ्न ।
मलेसियाको जालान मेेेेरु केेेलाङ सेन्ट्ररल (Selangor jalan meru klang sentral) स्थित जिटि कम्पनी (GT company) मा कार्यरत बारा निवासी प्रभु चौधरीले आत्माहत्या गरेका हुन ।

बारा जिल्ला बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपाथरा गाउँमा बस्ने बरेन्द्र चौधरीको छोरा प्रभु चौधरी एक महिना पहिले मात्र छुट्टिमा घर गएर पुनः मलेसिया काममा फर्केका थिए ।

(मृतक : प्रभु चौधरी)

खबर अनुसार एकजना युवतीसंग बिगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चौधरी रातीको समयमा धेरै बेर सम्म नेपालमा बसोबास गरिरहेका एक जना साथीसंग फोनमा कुरा गरिरहेको बेला आफु धेरै तनाव (टेन्सन) मा रहेको बताएका थिए ।
मानसिक तनाब (डिप्रेसन) कै कारणले चौधरी अच्चानक झुन्डिएर आत्महत्या गर्न पुगेको हुन सक्ने आशँका गरिएको छ ।


मृतकको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल लैजाने तयारी भईरहेको छ। पोस्टमार्टमको काम सकिएपछि मृतकको शव कम्पनी र नेपाली दूतावासको सहाकार्यमा नेपाल पठाईनेछ ।