बिधालय अनुगमन संगै बिद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण।

सुनिल चौधरी,,

झुम्का:= सामुदायीक बिध्यालयका बिध्यार्थि बालबालिकाहरुलाई मंगलवार न्यानो कपडा बितरण गरेको छ । चिसोबाट बच्नकालागी रामधुनी वडा नं. ४ रमपुराटोल स्थित रहेको बि.पि सरस्वती अधारभुत बिध्यालयका ४२ जना बिध्यार्थि बालबालिकाहरुलाई स्वेटर र टोपी बितरण गरेको हो ।

सेभ द अर्थ सुनसरी, रामधुनी वडा नं. ४ वडाकार्यालय, जेष्ठनागरीक सरोकार समुह रामधुनी नगर समिति, साईराम मेडिकल हलको सहयोग त्यसैगरी उद्यमशिल महिला सरस्वति चौधरी र सृजना भट्टराईको आर्थिक सहयोगले स्वेटर र टोपी बितरण गरेको हो । रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, वडाअध्यक्ष मनेष चौधरी, जेष्ठनागरीक सरोकार समुहका अध्यक्ष गजेन्द्र बहादुर थापा लगायत सहयोगीहरुले बितरण गरेका हुन् ।

सामुदायिक बिध्यालय प्रति अभिभावकमा साकारात्म दृष्टि र सम्बन्धित तथा स्थानिय सरकारको चासोमा परिवर्तन गर्ने उधेश्यले उहाँहरुकै उपस्थितीमा समय अनुकुल न्यानो कपडा बितरण गरेको सेभ द अर्थ सुनसरीका पुष्प भट्टराईले बताए । शिक्षामा गुणस्तरीयता ल्याउन शिक्षकको एक गोल बन्ध र संरचना निर्माण लगायत ब्यवस्थापनमा सहयोग पुग्नेगरी बितरण कार्यक्रमको माध्यमबाट सर्वेक्षण समेत हुने भट्टराईले जानकारी दिए ।

बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष फुदनलाल चौधरीको सभापतित्वमा भएको सो कार्यक्रमबाट बिध्यालयमा गुणस्तरीय शिक्षाकालागी सहयोगको आवश्यक्ताहरुको बारेमा बक्ताहरुले बोलेका थिए । बितरण कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक भोलाराम भट्टराई, वडासदस्य मिश्रीलाल हरिजन,रत्नलाल चौधरी,लक्षमी खड्का लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।