बिश्वसागरको”हेप्पी होली,हेप्पी होली घुमघेमके आईल होली”युट्युबमा सार्वजनिक(भिडियो सहित हेर्नुस)

बाँके:= होली पर्वको शुभ अवसर पारेर चर्चित थारु गायक विश्वसागर परियार र गायीका सुमन चौधरीको श्वरमा रहेको होलीको म्युजिक भिडियो “हेप्पी होली ,हेप्पी होली,घुमघुमके आईल होली” शनिवार बिहान युट्युबमा सार्वजनिक भएको छ।

गायक परियार र सुमनले पहिलोपटक होलीको म्युजिक भिडियो बजारमा ल्याउने भएका हुन् । हेप्पी होली हेप्पी होली रंगिविरङगी रंग से भिजइबु तोहार चोली, घुमघुमके आइल होली फागुनके महिना, सव जे मिलके खेलव होली बोलको यस् म्युजिक भिडियोमा चर्चित मोडल राजकुमार थारु, प्रमिला चौधरी, संन्दिप विसी, पुजा ओली, मनोज चौधरी र पुजा चौधरी लगायतको कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

यस् म्युजिक भिडियो गितमा डान्स डाइरेक्टर कोरियोग्राफर दिल बहादुर रानाको नृत्य निर्देशन रहेको छ भने छायांकन सरोज डङ्गोराको रहेको छ। भिडियोको मिक्सिङ भने रामु चौधरीले गर्नु भएको छ भने शब्द शुखलाल चौधरीको रहेको छ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवा र कैलालीमा छायाङकन गरिएको यो म्युजिक भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट आज बिहान सार्बजनिक गरिएको हो।