भ्यालेन्टाइन विक – आज शनिबार प्रपोज-डे ।

117

यस वर्षको भ्यालेन्टाइन विक होजो शुक्रवारदेखि सुरु भएको हो। भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाउने गरिन्छ ।

भ्यालेन्टाइन विक ७ तारिख फेबु्रअरीदेखि प्रारम्भ भएर १४ तारिख फेबु्रअरी भ्यालेन्टाइन्स-डे सम्म चल्ने छ । भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक-अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् । यसका साथै एक-अकर्ँसंग विशेष डेट प्लान समेत गर्छन् । आफ्नो नजिकको व्यक्तिलाई धेरै प्रकारका गुलावका फूल उपहारमा दिन्छन् र आफूलाई उक्त व्यक्ति कतिसम्म विशेष छ भन्ने कुरा व्यक्त गर्छन् ।

रातो रंगको गुलास रोमान्सको प्रतीक हो भने पहेंलो रंगको गुलाव नजिकका साथीहरुलाई दिने गरिन्छ । यदि तपाईंहरु केवल साथीभन्दा धेरै माथिको सम्बन्धमा हुनुहुन्छ तर प्रेमीको सम्बन्धबाट कमै हुनुहुन्छ भने तपाईंले आफ्नो विशेष साथीलाई गुलावी रंगको गुलाव प्रदान गर्न सक्नु हुन्छ ।
यदि तपाईं कसैसंग रिसाउनु भएको छ भने रोज डेको दिन आफ्ना पुराना कुराहरुलाई बिर्सिएर दोस्रो पटक पुनः साथी बन्नका लागि हात अगाडि बढाउन सक्नु हुनेछ । यसका लागि तपाईंले त्यो व्यक्तिलाई सेतो रंगको गुलावको फूलको गुच्छा नै प्रदान गर्न सक्नु हुनेछ ।
केवल रातो गुलावमात्र होइन, भ्यालेन्टाइन्स डेको मौकामा अन्य रंगका गुलावहरु पनि उपहारको रुपमा प्रदान गर्न सकिन्छ ।

त्यस्तै आज भ्यालेन्टाइन विकको दोस्रो दिन प्रपोज-डे मनाईदैछ्न । एकअर्कालाई मन पराउने केटाले केटिलाई र केटिले केटालाई प्रेमजोडी बनाउन प्रपोज गर्ने गर्दछन ।
प्रेम जोडिले एकअर्काको लागी आफ्नो मन भित्र लुकाएर राखेको मायालाई दर्साउने गर्दछन।


कसरी प्रपोज गर्ने त ? केही उपाय यस्तो किसिमको छ्न:

(१) आफ्नो जोडीलाई सुगन्धित फुल दिने अथवा कुनै गिफ्ट दिने ।
(२) जोडीले कस्तो किसिमको खाना मन पराउछ ? उसलाई मन पर्ने खाना तयार गर्नुहोस् ।
(३) आफ्ना जोडीलाई प्रेमपत्र लेख्नुहोस ।
(४) बाहिर कुनै नौलो रमाइलो ठाउँमा घुमाउन लैजानु ।
(५) आफ्नो जोडीको प्रशंसा , तारिफ गर्न नभुल्नु ।
(६) आफ्ना जोडीलाई सरप्राईज दिनुहोस् , केही दिएर अथवा केही गरेर ।
(७) आफ्ना जोडीलाई बताउनुस कि तपाईं उसलाई कति मन पराउनु हुन्छ भनेर ।

यसपटक कहिले कुन डे ?

भ्यालेन्टाइन विकको पहिलो दिन अर्थात हिजो फेब्रुअरी ७ तारिखका दिन रोज डे मनाइन्छ । त्यसपछि फेब्रअरी ८ (शनिवार) का दिन आज प्रपोज डे, फेब्रअरी ९ (आइतबार) चकलेट डे, फेब्रुअरी १० (सोमबार) टेडी डे, फेब्रअरी ११ (मंगलबार) प्रोमिस डे, फेब्रुअरी १२ (बुधवार) हग डे, फेब्रुअरी १३ (बिहिबार) किस डे तथा अन्त्यमा फेब्रअरी १४ (शुक्रवार) का दिन भ्यालेन्टान्स डे मनाइन्छ ।