भ्रष्ट राजनीतिक नेतृत्व,हामि सोझा जनता,द-लिडर सो, रंगशाला र भ्रष्टाचार विरोधी आन्दोलन ।

आजको नेपाल लाइ तपाईं हामीले एक पटक इमानदारी पुर्वक अध्यन गर्न जरुरत छ किनभने भने देश चरम संकटमा छ नागरिकको जीवन स्तर नाजुक छ दैनिकी हजारौं हजार युवा हरु जीवन धान्न कै निम्ति देश छोडन र विदेशीको गुलाम हुन विवश छन प्रवासमा नेपालीको पिडा उस्तै कहालीलाग्दो छ दैनिक ४ देखी ५ वटा नेपाली युवा रातो वाकसमा कैद भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रीरहेका छन अझ भनौं नेपाल र नेपाली को अवस्था अत्यन्तै नाजुक छ सामान्य सिटामोल सम्म खान नपाएर ज्यान गुमाउनु परेको समाचार हामीले धेरै पटक सुन्दै र पढदै आएका छौ तपाईं हामी मध्य कति ले प्रत्यक्ष देखेका पनि छौ तसर्थ आजभोलि सामाजिक संजालमा देखिएका विषय हाम्रा राजनीतिक दल तिनका नैतिकता हिन र भ्रष्ट नेतृत्व को फाइदा आज केहि राजनीति संरक्षण मा अरु ले पनि जनतालाइ इमोशनल ब्ल्याक मेल गर्दै सक्दो फाइदा लिने कार्यमा तल्लीन देखिन्छन् मलाई थाहा यो लेख पछि मेरो विरुद्ध केहि मित्रहरू सामाजिक संजालमा चर्को रुपमा लाग्ने छन ।

तर मैले सत्य बोल्ने हिम्मत गर्नुपर्छ किन म स्वाभिमानी नेपाली नागरिक हो हामी नागरिक कहिल्यै नागरिक भएनौ चाहे प्रवासमा हौ चाहे नेपालमा हामी कसैन कसैको एकोहोरो भएर दौडिरहेका मात्रै छौ हामी एकोहोरो भएर विश्वास गर्दा नै आज सारा चिज डामाडोल भएको हो भन्ने थाहा हुदै देख्दा देख्दै हामी फेरि पनि कसैको एकोहोरो समर्थन र बचाउमा लाग्नु हाम्रो मुख्य समस्य हो ।
हाम्रो देशको राजनीति कहि नभएको जात्रा हाडीगाउँमा भने जस्तै छ २००७ साल बाट अहिलेसम्मको इतिहास हेर्दा धोका र विश्वासघात बाहेक हामीले थप केहि उपलब्धि प्राप्त गर्न सकेनौं एउटा चरणमा जनताका मुद्दा लिएर आउने स्थापित हुने अनि सत्ताको पहुँचमा पुगे पछि सबै कुरा आत्मसमर्पण गरेर राजनीतिक दलका नेता र नेतृत्व सत्ताको स्वार्थमा लिप्त त्यो पनि सर्वाङ नाङ्गो भएर लाग्नु नै हाम्रो राजनीति समस्या हो राष्ट्र राष्ट्रियता जनतन्त्र र जनजिविका बारे सत्तामा पुगे सङै हाम्रा राजनीतिक दल जिम्मेवार बन्न सकेनन चाहे कम्युनिस्ट भनिएका हुन चाहे गैरकम्युनिस्ट सत्तामा पुगे पछी उनीहरुको निति लक्ष्य स्वार्थ सबै एउटै बनिदिने गर्छ तेस्को मुख्य सजाय आज हामी नागरिकले भोग्नुपरेको छ देशको राष्ट्रिय स्वाधीनता र नागरिकको जनजीवन एक पछि अर्को कमजोर र नाजुक हुँदै दयनीय अवस्थामा आइपुगेको अवस्था छ र नागरिकमा राजनीतिक प्रती विश्वास गुम्दै गरेको र आजित बनेको यो अवस्थामा अरु कसैले फाइदा उठाउन सकिन्छ भन्ने आकलन गरे तेहि अनुसारका योजना तयार गरेर पुन नेपाली माथी नै विभिन्न बहानामा भ्रम छर्ने बेकुफ बनाउने र आफ्नो स्वार्थ पुरा गर्न मा राजनीतिक दल मिडिया देखी केहि सामाजिक अभियान्ता सम्म आइपुगेका छन उदाहरणको रुपमा केहि लाइ लिन सकिन्छ ।

द-लिडर सो

अर्थात टेलिभिजन सो गरेर नेता उत्पादन गर्ने प्रोजेक्ट यो आफैमा हास्यास्पद र भद्दा मजाक हो किनकि हाम्रो देश नेता को अभावमा होइन सहि निति र तेसलाइ सहि कार्यनयन गर्न नसकेर बिग्रीएको हो यो हामी सबैले बुझेको कुरा नै अब यहाँ थोरै बहस गरौ के साच्चिकै द लिडर सो ले राजनेता उत्पादन गर्न सक्छ त यो असम्भव छ किनभने नेता हुन एजुकेसन र भाषाण गर्ने कला ले मात्रै हुदैन नेता र नेतृत्व हुन सामान्यतया दुरदर्शि निर्णय गर्न सक्ने पर्याप्त राजनीतिक दर्शनको अध्यन ज्ञान कौशल्ता र सबैखाले संघर्षको निम्ति नेतृत्व गर्न सक्ने र सिङ्गो राष्टको नेतृत्व प्रतिनिधित्व गर्न सक्ने हुनुपर्छ के द लिडर सो बाट यस्ता नेतृत्व को उत्पादन हुन सक्ला यो संभावना एकदमै कम छ ।
मानौ द लिडर सो ले एक दुइ जना इमानदार र देश भक्ति वक्ता हरुको उत्पादन गरि हालेछ अब के ति एक दुइ जना व्यक्तिले आजको नेपालको सारा समस्याको समाधान गर्न सक्छन के नेपाल र नेपाली ले चाहेको आमुल परिवर्तन गर्न सक्छन के नेपाल साच्चिकै समृद्ध बन्छ के समाजमा रहेका बर्गिय जातीय क्षेत्रीय लिङ्गिय धार्मिक भाषिक अन्तरविरोध हल गर्न सम्भव छ त छैन तेसो भए के सम्भव छ त द लिडर सो बाट भन्ने प्रश्न आउछ हो केहि सम्भव छ केहि व्यक्ति हरुमा वक्क्तित्यो कलाको विकास हुनेछ केहि वक्ता हरु राष्ट्रिय रुपमा स्थापित हुनेछन र यो भन्दा पछाडि को ठुलो उपलब्धि आयोजक लाइ हुनेछ किन भने तिहा सह आयोजक प्रायोजक बिभिन्न व्यासायिक कम्पनी र एजेन्सी हरुले विज्ञापन गर्ने छन तिहा बाट करोडौं आम्दानी हुनेछ भोटिङ प्रक्रिया बाट टेलिकम सङ सहकार्यमा करोडौं आम्दानी लिन सकिनेछ र जनता पुन एक पटक लुटिनेछन यो भन्दा अरु निर्णयक उपलब्धि हुने देखिन्न किन भने यो व्यापारीक योजना हो टेलिभिजन सो भनेको भन्ने कुरामा हामी स्पष्ट हुन जरुरत छ ।

[ लेखक : समर्पण भट्टराई ]

अन्तर्राष्ट्रिय रंगशाला

आजको हाम्रो देशको आवश्यकता के अन्तर्राष्ट्रिय रंगशाला हो त होइन यसो भन्दै गर्दा मलाई विकास विरोधी हो भनेर आरोप लाग्ला म विकास विरोधी होइन तर विकास वस्तुगत आवश्यकता राज्य र जनताको मुख्य आवश्यकता संग जोडिएको हुनुपर्छ तसर्थ अहिलेको नेपालको आवश्यकता अन्तर्राष्ट्रिय रंगशाला हुदै होइन भविस्यमा आवश्यक छ त्यो दोस्रो पाटो हो आजको आवश्यकता भनेको २१ औं सताब्दिमा पनि जंगलमा जिवन निर्वाह गर्न विवश राउटेहरु लाइ समाज मा बस्ने वातावरण मिलाउने हो वादी समुदाय उचित शिक्षा चेतनाको अभावमा आफ्नै परिवारका सदस्य अगाडि आफ्नो सरिर बेचेर जिवन धान्नु परेको समाचार हामीले सुन्ने गरेका छौ उनिहरुलाइ त्यो समस्या बाट मुक्त गराउने हो चेपाङ समुदायका हजारौं बालबालिका स्कुल को अनुहार हेर्न पाएका छैन उनिहरुन्लाइ त्यो वातावरण सिर्जना गर्नु कर्णालीका जनता सिटामोल खान नपाएर ज्यान गुमाइ रहेका छन उनिहरुको जिवन रक्षा गर्ने लगाएत गरिविको रेखा मुनि रहेका जनतालाई शिक्षा स्वास्थ र सहित बाच्न सक्ने वातावरण हो ।

यो बारेमा हाम्रो ध्यान जान नसक्नु मुख्य कमजोरी हो ल ठिक छ यि सबै कुरा एक छिन लाइ भुलौ जुन देशमा खेलाडी खेल खेलेर बाच्न नै सक्दैन त्यो व्यवस्था राज्य ले गर्न सकेको छैन यो बेला तिन अर्बको रंगशाला को के अर्थ अब हेरौ आर्थिक पाटो तिन अर्व पैसा केहि व्यक्तिले लगानी गरेर बनाउन लागेको होत होइन संसार भर रहेका नेपालीको श्रम पसिनाले निर्माण गर्ने हो त्यो तिन अर्ब माथी उल्लेखित विषयमा लगानी गरौ न देश जनता र समुदायको भविस्य उज्ज्वल हुन्छ यो रंगशाला पछि बनाउला के जरुरत छ र यो अहिले हामीलाइ अब मानौ रंगशाला बन्यो अब तिहा नाम कस्को आउछ धुर्मुस सुन्तली को प्रचण्ड रेणु दाहाल र अन्य केहि २/४ जना व्यक्तिको मुख्य लगानी कस्को प्रवासी नेपालीको अनि यस्को के अर्थ जस्को लगानीमा निर्माण भएको उस्ले मेरो लगानी भन्न पाउदैन भोली त्यो राज्यको मातहतमा जान्छ ति लगानी दाता तिहा पुग्दा पैसा तिरेर खेल हेर्नु पर्छ अनि त्यो लगानी को कुनै अर्थ छ छैन यो सिमित व्यक्ति हरुको महत्त्वकान्क्षी योजना मात्रै हो ।

भ्रष्टाचार विरोधी आन्दोलन

यतिबेला हाम्रो देश चरम भ्रष्टाचारमा फसेको छ यतिसम्म कि वडा कार्यलय देखी प्रधानमन्त्री कार्यलय सम्म भ्रष्टाचार भएको घटना विभिन्न काण्डका नाममा नेपाली मिडियामा बेला बेला भाइरल हुने गरेका छन र यो सत्य पनि हो र यति नै बेला नेपालका लागी नेपाली अभियान चलाउदै आएका ज्ञान बहादुर साही अर्थात ज्ञानेन्द्र साही पनि चर्चामा छन म उनको विगत तिर धेरै लामो टीका टिप्पणी गर्दिन तर उनि सामान्य परिवारका मान्छे हुन अहिले उनि यहि भ्रष्टाचार विरोधी आन्दोलन चलाए पछि कार चडने हैसियतका भए भनेपछि भ्रष्टाचार विरुद्ध को आन्दोलन कति सफल भयो त्यो त उनलाई नै थाहा होला गाडी किन्ने पैसा या कार कहाँ बाट आयो सडक आन्दोलन गर्ने खर्चको आर्थिक स्रोत केहो कस्तो रमाइलो भ्रष्टाचार विरुद्ध को आन्दोलन अर्को भद्दा मजाक अनि वर्षौं देखी सामाजिक अभियान्ता रुपमा चर्चित पात्रहरुको सामाजिक अभियान्ता हुनु अगाडि र अहिले को जिवन शैली लुवाइ खुवाइ हेर्नुहोस यति सारा कुरा देख्दा देख्दै बुझ्दा बुझ्दै हामी फेरि यिनैका दास र अन्धभक्त भएर कुदने हामी कस्ता नागरिक कस्ता युवा कस्ता सामाजिक अभियान्ता हरेक नागरिकले एक पटक छातिमा हात राखेर सोच्नुपर्ने बेला आएन र ।


मुख्य गरेर प्रवासमा मजदुरी गर्ने मजदुर हरुको श्रम र पसिना माथिको मोज मस्ती सत्ता देखी सडक सम्म छताछुल्ल भयो अझै हामी फेरि यिनिहरु लाइ नै महान देख्ने सामाजिक संजालमा म यो र त त्यो भनेर झगडा गर्नु को साटो बरु एक पटक साच्चिकै देश बिग्रेको बारेमा प्रवासी नेपालीको बारेमा छातीमा हात राखेर सोचौ र अब नयाँ सिरा बाट हामी अगाडी बढनुको विकल्प छैन अझै पनि हामी कसैको अन्धभक्त भनेर बस्ने होर नेपाली युवाले कहिले सोच्ने ढिला भएन र तसर्थ आउनुहोस देश कसरी बनाउन सकिन्छ गम्भीरतापर्ूवक समिक्षा गरौ देश कहा किन कसरी बिग्रीयो सामुहिक समिक्षा गरेर यि तमाम समस्या समाधान को निम्ति बैज्ञानिक विकल्प को खोजी गरौ ।

[ लेखक : समर्पण भट्टराई ]