मलेशियाको जोहोर बारुमा नेपाली राजदूतावासले एकदिने कन्सुलर सेवा सञ्चालन गर्ने ।

37

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
डेसेम्बर २

मलेशियाको जोहोर बारुमा नेपाली राजदूतावास मलेसियाले मलेसिया सरकारले अबैधानिक कामदार लाई स्वदेश फर्कन दिएको आम माफी कार्यक्रम लाई लक्षित गर्दै मलेशियाको जोहोर बारुमा एकदिने कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाली राजदुताबास क्वालालम्पुरले आजै एक सुचना जारी गर्दै कागजात बिहिन मलेसियामा बसेका नेपाली नागरिकलाई नेपाल फिर्ता हुन आबस्यक एक तर्फी यात्रा अनुमतिपत्र सहज तरिकाले उपलब्ध गराउने उदेश्यले मलेसिया को जोहोर बारुमा एक दिने कन्सुलर सेवा उपलब्ध गराउन लागेको सुचना सार्बजनिक गरेको छ।

सूचनामा उल्लेख गरिर अनुसार अबैधानिक हैसियतमा मलेसियामा रहदै आएका नेपालि नागरिक लाई एक तर्फी यात्रा अनुमती पत्र बितरण गरिने भएको छ । यात्रा अनुमति पत्रको लागि नेपाली नागरिकता को वा राहदानीको प्रतिलिपि र दुई प्रती पासपोर्ट साइजको फोटो सेवाग्राहिले लिएर आउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

कार्यक्रम यहि आउदो डिसेम्बर ८ तारिख का दिन आइतबार मलेसियाको जोहोर बारु स्थित बागुस सिटि होटल जोहोर बारुमा स्थानीय समय अनुसार बिहानको ११: ०० बजे बाट सेवा प्रदान गरिने भएको छ।