मलेसियामा ईलिगललाई धमाधम पक्राउ गर्दै/आठ जना नेपाली पक्राउ।

360

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा अबैधानिक ( इलिगल ) कामदारको लागी खुल्ला गरिएको आममाफीको समय सकिएसँगै यहाँका अध्यागमन बिभाग ( ईमिग्रेसन ) ले धरपकडको कामलाई तिब्र बनाईएको छ ।

केही समययता मलेसियाको विभिन्न ठाउँमा आकस्मिक चेकजाँचको कामलाई तिब्र पारिएको छ । अध्यागमन अधिकारी सहित प्रहरीले गरेको चेकजाँचका क्रममा शनिवार मध्यराती र विहानै १ सय ५५ जना पक्राउ परेका छन् ।

मलेसियाको कायु आरादामानसारा लगायतको ठाउँमा चेकजाँचको क्रममा पक्राउ परेकाहरु मध्ये ८३ जना पुरुष र ६५ जना महिला रहेका छन् भनें ७ जना बालबालिका समेत रहेका छन्। पक्राउ पर्नेहरुमा ८ जना नेपाली छन् । सवैभन्दा धेरै ईण्डोनेशियाली छन् । समाचार अनुसार सो क्रममा १ सय ३० जना ईण्डोनेशियाली हुन् । पक्राउ पर्ने अन्यमा भारतीय, म्यानमार, बंगलादेशका छन् ।

पक्राउ पर्नेहरुसँग वैधानिक परिचय पत्र नभएको बताइएको छ । पक्राउ पर्नेहरु मध्ये अधिकाँश भिषा अवधि भन्दा बढी समय बसेको, कतिपयले त अवैधानिक रुपमा विवाह समेत गरेको भेटिएको प्रहरीले जनाएको छ ।