मलेसियामा कोरोना भाइरसको कारण डाक्टर सहित ९ जनाको मृत्यु।

क्वालालम्पुर ( मलेसिया ):= बिश्वब्यापी रुपमा माहामारी बनेर फैलिइरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा मृत्यु हुनेको संख्या दिनप्रतिदिन थपिदै गैइरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो पेज मार्फत सुचना सार्वजनिक गर्दै लेखेको छ्न कि कोरोना भाइरसको संक्रामणबाट अाईतबार १ मेडिकल डाक्टर सहित अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ ।
मलेसियामा संक्रमितको संख्या ११८३ रहेको छ भने ११४ जना हस्पिटलबाट डिस्चार्ज भएका छन । मलेसियामा संक्रमण नियन्त्रण तथा राेकथामकाे लागि मार्च-१८ तारिख देखि ३१ तारिख सम्म लकडाउन ( बन्द ) जारी गरिएकाे छ ।

मलेसियामा अन्य देशबाट आगमन पनि पुर्ण रुपमा बन्द गरिएकाे छ। यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध लगाएको छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा आर्मिहरुकाे प्रयोग गर्न सुरु गरिएको र सार्वजनिक यातायातमा समेत चेकजाँचलाई तिब्र पारिएको छ। पुलिस प्रशासनले माईकिङ गर्दै अत्यावश्यक काम बाहेक यताउता हिलडुल नगर्न,घरबाट बाहिर ननिस्किन र धेरै मानिसको समुह भेला नहुन माइक मार्फत सुचना बोल्दै सु-सुचित गरिरहेको छ ।

लाखौंलाख बिदेशी कामदार कार्यरत रहेको देश मलेसियामा करिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न । तर अहिलेसम्म कोरोनाको कारण बिदेशी नागरिकको ज्यान नगएको र नेपाली कामदारहरु समेत सुरक्षीत रहेको छ ।