मलेसियामा गत सोमबार मृत्यु भएका गोपाल रोकायाको पार्थिव शरीर(शव) नेपाल् पठाईदै ।

607

क्वालालम्पुर (मलेसिया) :- गत साेमवार मलेसियामा मृत्यु भएका जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नम्बर. ६ निवासि गाेपाल बहादुर राेकायाकाे पार्थिव शरीर (शव) आज बिहिवार सम्पुर्ण कानुनि प्रक्रिया पूरा गरि नेपाल पठाईदैछ ।

आज राती ०९:०० बजे थाई एयरलाईन्सबाट मृतक रोकायाको पार्थिव शरीर नेपाल पठाउन लागिएको मलेसिया स्थित नेपाली राजदूतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले जानकारी गराउनु भयो ।

रोकाया गत सोमबार बिहान रुममा पुगि खाना खाई सुतेका थिए । सांझ ब्युझिएर ड्युटी जाने समय भएपछि संगै काम गर्ने नेपाली सहकर्मी साथीले उनलाई  उठाउन खाेज्दा कानमा ईयरफाेन लगाई जसरी सुतेको थियो उस्तै सुतेकै अवस्थामा गाेपाल मृत फेला परेको थियो।

सेरा फोर्स सेक्युरिटी कम्पनीमा आबद्ध रहि केलानाजाया भन्ने ठाउँमा अवस्थित पाराडिगम मलमा काम गर्दै आएका रोकाया घर फर्किने तयारी गरिरहेका थिए ।
सेक्युरिटी कम्पनीमा काम गरेको करिब करिब तिन बर्ष पुग्न लागेको उनको भिसा सकिन डेढ महिना मात्रै बाकी रहेको थियो ।
अस्पतालले मृतकको पोस्टमार्टम गरि सक्दा पनि के कारणले उनको मृत्यु भएको हो ? भन्ने चाहिँ खुलाइएको छैन ।
केही दिन यता मलेसियामा नेपाली श्रमिक कामदारको मृतक संख्या ह्वात्तै बढेको छ ।