मलेसियामा दुई महिनामा ८ हजार भन्दा बढी अबैधानिक(इलिगल) कामदार पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा नयाँबर्ष २०२० जनवरी १ तारिख देखी सुरु गरिएको धरपकडको क्रममा फेब्रुअरी सम्म दुई महिना भित्रमा ८ हजार २ सय ५३ जना अबैधानिक ( इलिगल ) कामदारलाई पक्राउ गरिएको छ ।

ती अबैधानिक कामदारहरुलाई विशेष सुचनाका आधारमा चेकजाँचमा कडाई गरेर पक्राउ गरिएको मलेसियाको अध्यागमन बिभाग (इमिग्रेसन डिपार्टमेन्ट) ले एक बिज्ञप्ति जारी गरि सो कुराको खुलासा गरेका हुन । पक्राउ पर्ने अबैधानिक कामदारहरुमा सबैभन्दाबढी बाङ्लादेश,इन्डोनेसिया देशका रहेका छ्न भने कैयौं नेपाल , म्यानमार , भियतनाम , कम्बोडिया लगायतको देशको अबैधानिक कामदारहरु पक्राउ परेका हुन ।

मलेसिया अध्यागमन बिभागका महानिर्देशक खैरुल दाजामी दाऊदले पत्रकारहरुलाई जानकारी गराए अनुसार मलेसियाको विभिन्न ठाउँमा चेकजाँच गर्ने र छापा मार्ने क्रममा २९ हजार २ सय ९३ जना पक्राउ परेका थिए ति मध्य ८ हजार २ सय ५३ जना अबैधानिक रहेको फेला पारिएको तर पक्राउ पर्नेहरुमा कति जना कुनदेशको भन्ने कुरा अहिलेनै पुष्टि भैईनसकेको बताए। पक्राउ परेका मध्य कतिपय जेलमा सजाय भोगीरहेका छ्न भने कतिपय घरफिर्ती केन्द्र (डिटेन्सनक्याम्प) मा रहेको छ।

निर्देशक खैरुलले भने, “यस बर्षको अभियान रणनीति विगतका वर्षहरूमा हाम्रो अभियान सञ्चालन गरिएको तरिका भन्दा धेरै फरक छ।” हामी सटीक जानकारीको आधारमा अभियानहरू सञ्चालन गर्न सफल भएका छौं। अवैध आप्रवासी अहिले यहाँका स्थानीय जनताहरूको बिचमा चिन्ताको विषय बनेको छ जसले राष्ट्रिय र सीमा सुरक्षालाई मात्र बाधा पुर्‍याउँदैन यसले देशको राजनीतिक स्थायित्व र आर्थिक बृद्धिलाई पनि असर गरिरहेको छ”। त्यसैले यहाँ रहेका अबैधानिकलाई पक्राउ गर्छौ उनले थपे।

यसअघि मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदारलाई बैधानिक हुन रिहाईरिङ्ग प्रोग्राम ल्याएका थिए त्यस प्रोग्रामबाट विभिन्न देशको लाखौं अबैधानिक कामदारले लाभ लिएका थिए,बैधानिक भएका थिए । त्यसपछि अगस्ट २०१९ देखि डिसेम्बर सम्मको लागी अबैधानिक कामदार आ-आफ्नो स्वदेश फिर्ती हुनकोलागी सरकारले आममाफी कार्यक्रम ब्याक फर-गुड ल्याएका थिए। ब्याक फर-गुड मार्फत पनि १ लाख ९२ हजार २ सय ६० जना अबैधानिक स्वदेश फिर्ती भएका थिए जसमध्ये मलेसिया स्थित नेपालीराजदुतावासको सहयोगमा ६ हजार जति नेपाली अबैधानिक घरफिर्ती भएका थिए ।