मलेसियामा नेपाली बहेक अन्य देशको नागरिकलाई सेक्युरिटीगार्डमा लिन नसकिने:गृह मन्त्रालय।

200

क्वालालम्पुर (मलेसिया) := मलेसिया सरकारको गृह मन्त्रालयले नेपालीहरू मात्र सुरक्षागार्ड (सेक्युरिटी गार्ड) को रूपमा काममा लिन सकिने संकेत दिएका छ्न। केहीदिन अगाडी मलेसियाले पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा काम गर्न स्वीकार गर्नेछ भन्ने रिपोर्टको प्रतिक्रियालाई खण्डन गर्दै यस्तो प्रतिक्रिया दिइएको मलेसियाली अनलाईन पत्रीका द-स्टारले समाचार प्रकाशित गरेको छ।

मन्त्रालयले त्यसपछि थप्यो कि यस्तो रिपोर्ट बाहिर सार्वजनिक भएपछि निजी सुरक्षा सेवा फर्महरूलाई स्थानीयलाई कामका लागि रोजगार दिन प्रोत्साहित गर्दछ।
“मन्त्रालयले स्थानीय सुरक्षा गार्डहरूलाई पुलिस र मलेसिया सुरक्षा सेवा उद्योग संघको सहयोगमा उनीहरूको सेवा सुधार गर्न सहयोग पुर्‍याउने प्रशिक्षण कार्यक्रम ल्याएको छ,” बुधवार (फेब्रुअरी १२) जारी गरिएको एक विज्ञप्तिमा समेत भनिएको छ।


तालिम कार्यक्रममा जम्मा १,२०,७६७ स्थानीय सुरक्षा अधिकारीहरूले भाग लिएका छन्। जुन रोजगारदाताहरुलाई मन्त्रालयले तोकेको शर्त र मापदण्डहरु पूरा गर्ने सुनिश्चित गर्नु हो। पाकिस्तानी मिडिया आउटलेट द-नेसनले रिपोर्ट गरेको थियो कि मलेसियाले पाकिस्तान देशबाट १ लाख देेखि डेेढ लाख सम्म सुरक्षा गार्डहरू ल्य्याउने तयारी गरेको छ। मलेसियामा पाकिस्तानको उच्चआयुक्त आमना बलुचलाई उद्धत गर्दै भनेको छ कि मलेसियाले पाकिस्तानी इस्लामाबादसँग यस विषयमा छलफल गरेको थियो।

यसअघि पनि गृहमन्त्री तानश्री मुहिद्दीन यासीनले भनेको थियो कि सुरक्षा गार्डका रूपमा विदेशीहरुलाई काममा लगाउने नीति अस्थायी उपाय मात्र हो।
उनले सुरक्षा कम्पनीहरूलाई विदेशी कामदारमा निर्भर नहुनु र स्थानीयलाई यस क्षेत्रमा काम गर्न आकर्षित गर्न आग्रह गरे।

नेपाली सेक्युरिटी गार्डलाई मलेसियामा पहिल्यै देखि छुट्टै किसिमको विशेष मान्यता यहाँका सरकारले दिइदैआईरहेका छ्न। मलेसियाले नेपाली सेक्युरिटी गार्डहरु भुतपुर्व आर्मी,पुलिस, बहादुर लगायत हुने गरेकोले तालिम प्राप्तलाई सम्झाउन सजिलो हुने विश्वासिलो समेत हुने गरेको प्रतिक्रिया दिने गर्दछन।