मलेसियामा नेपाली माथी नेपालीको आक्रमण/घाइतेको अवस्था गम्भीर दूतावास र मजदुर केन्द्र घटना स्थल जादै।

9610

तिलोचन गौतम ,,

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलेङ्गर राज्य स्थित साहआलाममा आङ्कोशा सिक्युरिटी कम्पनीमा कार्यरत नेपाली हरुले आफ्नै साथी माथी आक्रमण गरि फरार भएका छन।

आक्रमणमा परि सुनसरी धरानका रबि राइ ससक्त घाइते भएको जानकारी प्राप्त भएको छ। अबैधानिक हैसियतमा काम गर्दै आएका उनिहरु बिच किन र के कारण ले विवाद शृजना भयो भन्ने बारे घटना को पुर्ण विवरण भने खुल्न सकेको छैन।

घटना बारे नेपाली मजदुर एकता केन्द्र लाइ जानकारी प्राप्त भए लगत्तै नेपाली मजदुर एकता केन्द्र मलेसियाले नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया लाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराई ले बताउनुभयो।

घटनाको वास्तविकता बुझ्नको लागी मजदुर एकता केन्द्र मलेसिया र नेपाली राजदुतावास मलेसिया प्रयास गरिरहेको छ । अहिलेसम्म जानकारीमा आए अनुसार घाइते लाइ उपचार गर्न हस्पिटल समेत नलगिएको घाइतेका साथीहरू ले बताए। घाइतेको अवस्था निक्कै नाजुक बन्दै मजदुर केन्द्र लाइ जानकारी गराएको मजदुर एकता केन्द्र ले बताएको छ घटना बारे छानबिन तथा सोधपुछगर्न दूतावास र मजदुर एकता केन्द्रको टोलि घटना स्थल पुग्ने भएको छ।