मलेसियामा नेपाली सेक्युरिटी गार्डको मृत्यु ।

तुलसीपुर:=मलेसियामा कार्यरत नेेपाली श्रमिकको मृत्यु हुने संख्या कम भएको छैन , अझैपनी दिनप्रतिदिन नेपाली कामदारको मृत्यु भैरहेका छ्न।

यसै क्रममा दाङका एक ब्यक्तिको मलेसियामा मृत्यु भएको छ । रोजगारको सिलसिलामा मलेसिया कार्यरत रहेको दाङ बबई गाउँपालिका वडा नं. ७ ढोलपुर निवासी ३६ बर्षीय देवबहादुर डाँगीको मृत्यु भएको हो ।

हृदयघातका कारण डाँगीको सोमबार मलेसियामा मृत्यु भएको हो । डाँगी बिगत ८ बर्षदेखि सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनको घरमा श्रीमति र दुई छोराछोरी छन् ।