मलेसियामा पुनः एक नेपाली सेक्युरिटी गार्डको निधन ।

211

क्वालालम्पुर (मलेसिया):= जिल्ला सल्यान सारदा नगरपालिका ४ मानपुर निवासी ३१ बर्षिय प्रदीप कुमार बस्नेतको मलेसियामा असमायिक निधन भएको छ।

मलेसियाको सेलाङ्गर राज्य स्थित पुचुङ भन्ने ठाउँमा स्पेसल स्क्वाएड सेक्युरिटी सर्भिसमा बिगत ३ बर्ष देखि कार्यरत प्रदीपको शुक्रबार साझ निधन भएको हो ।
रातीको ड्युटी सकिएर सकुशल कोठामा फर्कि  खाना खाएर सुतेका प्रदिप साझको समयमा उठेर बेलुकीको काममा जाने तयारी गर्दैगर्दा अचानक मुटु दुख्ने समस्या देखा पर्याे र लगतै उनले संगै बस्ने साथिलाई समस्या सुनाएपछी साथिले  यस्ताे समस्याले खतरा हुनसक्छ  तत्काल हस्पिटल जानुपर्छ भन्दै साथीहरूले सुझाव दिइरहेका थिए । उता प्रदीपको स्थिति भने असामान्य बन्दै बिग्रदै गैइरहेको थियो।

साथिहरुले अस्पताल पुर्याउन बिरामी बोक्ने गाडी एम्वुलेन्स समेत बाेलाई सकेका थिए, तर  एम्बुलेन्स आईपुग्नै लाग्दा  प्रदिपकाे  मुखबाट एक्कसी फिंज निस्कियाे  र एकैछिनमा सोही स्थानमा उनकाे मृत्यु भएको सोही कम्पनीमा कार्यरत उनका साथीले जानकारी गराए ।

प्रदिप भर्खरै ३ बर्षको कार्यअवधी सकिएर अझ एक बर्षको थप गरि काम गर्दै आईरहेका थिए । प्रदीपको परिवारमा वृद्धआमा श्रीमती र एउटा छोरा रहेको मृतक का दाइ मोहन कुमार बस्नेतले जानकारी दिए।
मृतकको शव हाल पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

मलेसियामा विभिन्न कारणले दिनप्रतिदिन नेपाली कामदारहरुको मृत्यु हुने गरेको छ।
यस् बिषय बारे मलेसिया स्थिति नेपाली राजदुतावास,सरोकारवाला निकाय गम्भीर हुनुपर्ने र नेपाली कामदारको स्वास्थ्य सुरक्षाको निम्ति मलेसिया ब्यापी कम्पनी,बस्ने होस्टेल अनुगमन लगायत स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम ल्याउनु पर्ने आवश्यक रहेको देखिन्छ।