मलेसियामा श्रमीकका नेता भन्दै श्रमीक नै ठग्दै

224

मलेसिया
मलेसियामा रहेर नेपाली श्रमीकका पक्षमा काम गर्ने एक जना अगुवाले नेपाली श्रमीकलाई ठगी गर्ने गरेको रहस्य खुलेको छ । अवौधानीक हैसियतमा मलेसियामा श्रम गरिरहेका नेपालीलाई अवौधानिक तवर वाटै घर फर्काउने भन्दै नेपाली श्रमीक संग मोटो रकम असुल्ने गरेका छन् । जिफन्ट सर्पाेट ग्रुप मलेसियाका संयोजक रहेका वेद कुमार खतिवडाले नेपाली श्रमीक संग मोटो रकम लिएर नेपाल फर्काउने गरेको खुलेको हो । उर्लावारी मोरङ्ग घर भएका दिपेश भट्टराई संग करिव ४ हजार रिङेट रकम लिएर घर नफर्काएको खुलेको हो । भट्टराईलाई खतिवडाले नेपाल फर्काइदिने भन्दै पैसा लिएपनि खतिवडाले नेपाल फर्काएनन् पिडित भट्टराईले भने ‘घर फर्किन पाइन त्यहि वेला मलेसिया प्रहरीले पक्राउ ग¥यो’ ।

भट्टराई


४ महिना जेल जिवन विताएर फर्किएका उनी जेलमै विरामी परे । पक्राउ पर्नु अघि नै विरामी थिए झन जेल पुगे पछि त कष्टकर जिवन विताए । त्यो वेला पनि खतिवडा सम्पर्कमा आउन सकेनन् ।
खतिवडालाई ४ हजार रिङ्गेट रकम दिएका भट्टराईले त्यो पैसा अहिले सम्म पाउन सकेका छैनन् । ‘जेलमा धेरै दुःख पाए त्यो वेला पनि वहाँ भेटन आउनु भएन’ उनले भने ‘श्रमीकका पक्षमा काम गर्ने भन्नु हुन्थ्यो तर हैन रहेछ’। पिडितले भने ‘आफु संग पैसा थिएन वुवाले नेपालमा ऋण गरेर १लाख रुपयाँ दिनु भयो यता म संग भएको ५ सय रिङेट नि दिए । घर जाने आसमा उनी कोतरायामा वसेकै वेला मलेसियाको प्रहरीले उनी लगायतका नेपाली लाई पक्राउ ग¥यो।
विहिवार नेपाली दुतावासले सो वारेमा छलफल गरेको छ । दुतावासले पिडित भट्टराईको पैसा फिर्ता गर्न निर्देशन दिएको छ । दुतावास पुगेका खतिवडाले शुक्रवार भट्टराईलाई पैसा फिर्ता गर्ने प्रतिवद्धता व्याक्त गरेका हुन् ।
को हुन खतिवाडा
मलेसियामा रहेर नेपाल ट्रेड युनियन महासंघ जिफन्टको संयोजकका रुपमा १ दशक देखि कार्यरत रहेका खतिवडा मोरङ्ग विराटनगरका वासिन्दा हुन् । जिफन्ट को संयोजक का रुपमा रहेर मलेसियाका विभिन्न श्रम संग सम्वन्धीत संघ संस्था संग रकम मागेर कार्यक्रम गर्ने गर्छन खतिवडा । मलेसिया ट्रेड युनियन एम टि युसि , वि डव्लु आई तानागानिता लगायतका संस्था संग सहकार्य गर्ने भन्दै रकम लिने गरेका छन् उनले ।

खतिवडा


खतिवडाले विगत ६ वर्ष देखि नै नेपाली श्रमीक संग अत्याहिक रकम अशुलेर नेपाल पठाउदै आएका छन् उनी निकट श्रोतले वतायो । उनले मलेसियाका नेपाली श्रमीकलाई सेटिङ्ग मार्फत नेपाल पठाइदिने र सो वापत मोटो रकम लिने गरेका छन् ।