मलेसियामा सीता तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना हुने।

381

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका नेपाली जातीय, गैरजातीय समाजिक,राजनितीक संघसंस्था,समुदायले बेला बखत विभिन्न किसिमको साँस्कृतिक,मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आईरहेका छ्न ।

तर ती सबै कार्यक्रम भन्दा भिन्न किसिमको कार्यक्रम समेत समय समयमा आयोजना हुने गर्दछ ।
सोही क्रममा सीता तुम्खेवाको एकल कविता कन्सर्ट-२०१९ नामक कार्यक्रम आयोजना हुने तय भएको हो ।
राजधानी क्वालालम्पुरमा अवस्थित कोतरायाको परदेशी रेष्टुरेन्टमा यहि डिसेम्बर ८ तारिख आईतवारका दिन साहित्यिक चौंतारी नेपाल् मलेसिया शाखाको आयोजनामा कवि सीता तुम्खेवाको एकल कविता कन्सर्ट हुने भएको छ।

कवि तुम्खेवा किरात याक्थुङ चुम्लुङ मलेसियाले सोही दिन बेलुकाको समयमा आयोजना गर्न लागेको चासोक तङ्नाम साँझ २०७६ को लागि मलेसिया आउन लागेकी हुन। सोही अबसर पारेर आयोजना गर्न लागिएको यो कविता कन्सर्टमा चलचित्रकर्मी सागर केरुङको पनि उपस्थिती रहने आयोजकको तर्फबाट साहित्यिक चौतारी नेपाल् शाखा मलेसियाका सल्लाहकार जीवन देवान गाउँले जानकारी गराउनु भयो ।