मलेसियामा सुतेकै अवस्थामा एक नेपाली सेक्युरिटी गार्डको दु:खद मृत्यु।

164

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रोजगारीको निम्ति कार्यरत एक नेपाली सेक्युरिटी गार्डको दु:खद निधन भएको छ।

मलेसियाको सेलाङ्गर पेटालिङ्जाया भित्र पर्ने वानउतामा ग्लोम्याक सेन्ट्रोमा सुरक्षागार्डको रुपमा कार्यरत नेपाल् ठेगाना खोटाङ जिल्ला हाल उदयपुर सिवाई निवासी टँक बहादुर सार्कीको बुधबार राती सुति राखेकै अवस्थामा अच्चानक श्वास लिन पठ्यारो भएर,स्वास फुलेर स्वाँँ स्वाँँ गर्दै निधन भएको संगै सोही कम्पनीमा काम गर्ने भिम बहादुर क्ष्रेष्ठले जानकारी गराउनु भयो ।

करिब करिब चार महिना अगाडी सार्की रोजगारीको लागी मलेसियाको मुवाज सेक्युरिटी फोर्समा आएका थिए । मृतक सार्कीको शव अहिले पोस्टमार्टमको लागी मलेसियन प्रहरीको रोहबरमा स्थानीय अस्पतालमा लगिएको कम्पनी क्ष्रोतले बताए।