महिला मैत्रीपूर्ण खेलमा ०-१ गोलको बिरुद्ध बागमती युथ क्लब विजयी।

कोल्हबी := बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको नवौं दिन शुक्रवार बागमती युथ क्लब र बिरगंज युथ क्लब बिच भिडन्त भएको महिला मैत्रीपूर्ण खेलमा ०-१ गोलको बिरुद्ध बागमती युथ क्लब बिजय भएको छ।

बागमती युथ क्लबका जर्सी न.९ कि अस्मिता खवासले खेल्को पहिलो हाल्फको १३ मिनट बित्दै पहिलो गोल गरि आफ्नो टिमलाइ सानदार जित हासिल गराएकी छिन । बिरगंज युथ क्लबका जर्सी न. ३ कि शान्ती तामाङलाई ट्रफी,प्रमाण पत्र प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।
अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो पिपरा गोल्ड कपमा २५ गते सनिवारको दिन हुने फाइनल खेलमा बिरगंज युथ क्लब र बिरगंज युनाइटेड बिरगंज बिच प्रतिस्पर्धा हुने बारे आयोजक समितिले जनाए।

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए।
उक्त कार्यक्रमको सहयोगी हातहरु मध्य मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संघसंस्थाहरु रहेका छ्न।।