मृत्यु संग लड्दै क्यान्सर पीडित दिपा रावत/ उपचार गर्न आर्थिक अभाव ।

470

बाँके := कोहलपुर नगरपालिका वडा नम्बर ११ मा स्थायी बसोबास गर्ने क्यान्सर पीडित दिपा रावत यति बेला आर्थिक अभावले थप उपचार गर्न कठिनाई भएर मृत्युको पर्खाइमा छट्पटाई रहेको छ ।

घुडाको क्यान्सर,फोक्सोको क्यान्सर,दिमागको क्यान्सर बाट ग्रसित दिपा रावत यति बेला नेपाल् क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौमा उपचारार्थ रहेकी छिन ।

पीडितकी छोरी रोशनी रावतले जानकारी गराए अनुसार एक बर्ष अगाडी पाठेघरको क्यान्सर बाट ग्रसित आमालाई लगभग १५ लाख बराबर खर्च गरेर उपचार गराएका थियौ तर अहिले पुनः अच्चानक शरीरको विभिन्न भागमा क्यान्सर सरेको फेला परेको कारण आमा चाहिँ मृत्यु संग लडिराख्नु भएको छ , थप उपचार गर्न आर्थिक अभाव भैइरहेकोले देश बिदेशमा रहनु भएका सहयोगी दाताहरु समक्ष आर्थिक सहयोगको निम्ति याचना गर्द्छु रोशनीले अनुरोध गरिन ।

ड्क्टरको भनाई अनुसार दिपाको उपचारमा अझै लगभग तिस लाख बराबरको रकम खर्च हुने सम्भावना रहेको बताए ।यता पीडितले कोहलपुर नगरपालिकामा समेत आर्थिक सहयोगको याचना सहित निवेदन पेश गर्नु भएको छ ।

पीडितकी छोरीले भने अनुसार क्यान्सर बाट ग्रसित आमाको बारे बुझ्न र आर्थिक सहयोग गर्नको लागी मोबाईल नम्बर ९८४८०२६४४० मा सम्पर्क गर्न सक्नु हुनेछ , साथै तल दिइएको निम्न बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । Name : Roshani Rawat: Nmb bank : 0970078419300016 bank of Kathmandu : 041500000582524 Prabhu bank : 00701600105143000001