मोडलिङ क्षेत्रमा संघर्ष गर्दै जम्ने प्रयासमा महिमा कुश्मी (थारु) ।

182

धनगढी, दिनप्रतिदिन थारु समुदायका युवा,युवतीहरुको आकर्षण मोडलिङ,गायक,गायिकाको क्षेत्रमा बढ्दो क्रममा छ्न । बिहान बिहान उदाउँने सुर्यको किरण जस्तै मोडलिङमा उदाइदै गरेकी कैलाली जिल्ला निवासी नयाँ नाम हुन ” महिमा कुश्मी “। हाल सम्म उनले तीन वटा थारु गित र दुई वटा नेपालि लोकदोहोरी गितको म्युजिक भिडियोमा काम गरि सकेकी छिन ।

कुश्मिको भनाई अनुसार अब चाडै दुई वटा म्युजिक भिडियो युट्युबमा आउने तयारीमा रहेको छ । मोडेल बन्न सजिलो छैन तर पनि संघर्ष गर्दैछु , मेहनत गरेर निरन्तरता दिए सफलता ढिलो चाडो पाईन्छ नै भनेर मोडेल कुश्मि संगको कुराकानीमा बताइन्। मोडलिङ्ग क्षेत्रमा आउदा आफ्नो आमा,बुवा लगायत घर परिवारको सहयोग र साथ रहेकोले त्यसमा आफु एकदमै खुशी रहेको र काम गर्न अझ सजिलो भएको कुश्मिले बताइन् ।