युएईको आबुधाबीमा एक नेपाली युवकको मृत्यु

936

युएई – युएई आबुधाबीस्थित मफरक अस्पतालमा डेढ महिनादेखि उपचाररत एक नेपाली युवकको मृत्यु भएको छ।

उदयपुर पुरानदहका ३८ वर्षीय केदारकुमार कठायतको बिहीबार बिहान उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सेक्युरिटी मिडिल इस्टमा कम्पनीमा कार्यरत उनी डेढ महिनादेखि अचेत अवस्थामा अस्पतालमा उपचाररत थिए।

गत जुलाई  १२ तरिख व्यायाम गर्ने क्रममा अचानक बेहोस भइ लडेपछि साथीहरु र भिनाजु शेखर चौधरीले मफरक अस्पताल लगेका थिए।

उपचारमा संलग्न चिकित्सकले बताएअनुसार उनको शरीरमा रगत जमेको र अन्य भागमा रगत सर्कुलर हुन सकेको थिएन। मिर्गौलाले समेत काम गर्न छोडेको थियो।