युएईमा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ

1439

यूएई ।  रोजगारीको शिलशिलामा ७ महिना अघि मात्रै यूएई आएका एक नेपालीको ज्यान गएको छ। 

मकवानपुरको ईन्द्रसरोवर ४ का स्थायी वासिन्दा रामहरि रुम्बाको गत बुधबार सुतेकै अवस्थामा ज्यान गएको हो। 

मंगलबार दिउँसो कम्पनीको काम सकेर कोठामा फर्केर साँझ खाना खाई सुतेका रुम्बाको ओछ्यानमै मृत्यु भएको हो।  

बुधबार बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा ज्यान गैसकेको भेटेको एउटै कोठामा बस्दै आउनु भएका मृतकका काका समिप रुम्बाले बताएका छन्।

अहिले मृतकको शव पोष्ट मार्टमका लागि खुरफकान अस्पतालमा राखिएको र शव नेपाल पठाउनेबारे कम्पनीसँग सँग समन्वय मृतकका काकाले बताएका छन्। ३० वर्षीय रुम्बाको परिवारमा श्रीमती ९ वर्षीय छोरा र ४ वर्षीया छोरी रहेका छन्।