युएईमा नेपाली सवार बस दुर्घटना/५ जनाको मृत्यु।

यूएईमा बिहीबार नेपालीसहित अन्य विदेशी श्रमिक चढेको बस यूएईको आबुधाबीमा दुर्घटनामा परेको छ ।
सो दुर्घटनामा परेर कम्तिमा ५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएकोछ।

मृत्यु हुने कामदारको राष्ट्रियता नखुलेको यूएईस्थित नेपाली राजदूतावासले जनाए। दुर्घटनामा परेको सो बसमा यूएईको एमबीएम कम्पनीमा कार्यररत १७ नेपाली सहित, अफ्रिका, श्रीलङ्का लगायतका गरेर जम्मा २४ जना कामदार रहेका थिए जसमध्ये नेपाली १७ जना सवार रहेको सो बस लरीमा ठोकिएको जनाइएको छ ।
नेपाली राजदूतावासको अनुसार ५ जनाको मृत्यु भएको छ। तर, त्यसमा कति जना नेपाली परे भन्ने यकिन खुल्न सकेको छैन। तर, ज्यान गुमाउनेहरु मध्ये केही नेपाली पनि हुन सक्ने बताए।

दूतावासका अनुसार ‘हामि कम्पनीसँग विविरण मागिरहेका छौँ। अहिलेसम्म कति नेपालीको मृत्यु भयो र कति घाइते छन् भनेर हामीसँग तथ्यांक आएको छैन।’तर नेपाली पनि परेको हुन सक्ने अनुमान गरिएको छ।
घाइतेहरुको आबुधाबीस्थित एनएमसी, माफ्रकलगायतका अस्पतालमा उपचार भइरहेको छ।
दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।