युएईमा बस दुर्घटना हुँदा रमेश चौधरी सहित ६ नेपालीको मृत्यु ।

1075
यूएई:= यूएई ( दुबई)मा बस दुर्घटनमा परि ६ जना नेपाली नागरिकको ज्यान गएको छ । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लोरिमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो।
ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ भनेर दुबई स्थित नेपाली दूतावासले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको यूएईस्थित नेपाली दूतावासले बताए । दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन थप बिवरण आउन बाकी रहेको छ ।