युएईमा सयौं नेपाली कामदार अलपत्र/मेनपावर र दुतावास गैरजिम्मेवार बनेको कामदारको गम्भीर आरोप ।

युएई:=युएई, दुबईमा सयौं नेपाली कामहरु अलपत्र परेको खबर प्राप्त भएको छ । उनीहरु काठमाडौको बसुन्धरा स्थित ( MB Human Resource ) मेनपावरबाट दुबईको ( Flex Facility managment llc ) कम्पनिमा गएका उनिहरु अलपत्र परेका छन। उनिहरुले ३-४ महिना पहिले मात्र जनही एक लाख बिस हजार देखी एक लाख पचास हजारसम्म तिरेर दुबई रोजगारीमा गएको बताएका छन ।

अहिले उनिहरु लाइ खान बस्ने सम्म कुनै व्यवस्था कम्पनीले नगरेको हुदा भोकभोकै अबस्थामा बस्नुपर्ने अवस्था आएको पीडितहरुले बताए । पीडितहरुले नेपाली राजदुतावास कुवेतमा लिखित उजुरी दिदा सम्म पनि दूतावासको तर्फबाट कुनै पहल,सहयोग नभएको बताएका छन ।

पछिल्लो समय ओमनबाट केही समाजीक अभियान्ता हरुले पहल गर्दै आए पनि मेनपावर र नेपाली राजदुतावास ले उचित कदम चाल्न नसकेको केहि सामाजिक अभियान्ताहरुको भनाइ रहेको छ।

कम्पनीले ब्यवास्ता नै गरेको पीडितहरुले जानकारी दिएका छन । कम्पनीको क्याम्पमा पस्नै नदियपनी जबर्जस्ती उनिहरुको रुममा पसेपनी आफुले प्रयोग गर्दै गरेको सबै बेड बिस्तारा कम्पनीले खोसेर लगेकोले चिसो भुइँमा दिन रात काटिरहेका पीडितहरुले फोन मार्फत बताए । आफु सङ भएको पैसाले टिकट काटेकोले खाना खाने पैसा सम्म आफुसग नहुदा केहि दिन देखी कसैले दिएको सामान्य रोटि खाएर ज्यान बचाइ रहेको छन भने एयर अरेबिया एरलान्सको टिकट काटेको र एरलाइन्सले टिकटको पैसा फिर्ता दिन नमिल्ने बरु फलाइट सुचारु भएपछी त्यही टिकटमा पठाइदिने आश्वासन दियको छ ।

दुबई स्थित नेपाली दुताबासलाइ पटक पटक फोन गर्दा पनि सुनवाइ नभएकोले पिडितहरुले ज्यान बचाएर क्षतिपुर्ती दिलाइदिन गुहार मागेका छन , भने केही पीडितहरुको नामावली र राहदानी नम्बर निम्न प्रकारको छ
१)नरबहादुर नेपाली उदयपुर .
२)नवीन नेपाली उदयपुर
३) राजु पराजुली (09084812)
४) दिपक स्यान्ताङ (06726896)
५) प्रसान्त तामाङ( 09103847)
६)बिनोद स्यान्ताङ (11030799)
७) मिलन पाखृन (06806615)
८) अर्जुन स्यान्ताङ (10449994)
९) आकाश गोले (10869109)
१०) दिल कुमार स्यान्ताङ (11262817)
११) आशिष् स्यान्ताङ (08223495)
१२) राज कुमार स्यान्ताङ ( 07075673)
१३) बिजय पाखृन (09203752)
१४) बिरबल कामी (11724740)

009710566378389,009710565717146,00971 0566378389 पीडितहरुको फोन नम्बरहरु समेत उपलब्ध गराइएको छ । ओमन बाट सबु सुनुवारको सहयोगमा हाम्रा सहकर्मीले यो समाचार तयार गरेको हो । यस् घटना बारे यतिबेला सम्बन्धित निकाय र नेपाली मजदुर एकता केन्द्रले पनि चासो दिइएको खबर पनि प्राप्त भएको छ ।