युवा नेता अकलेश साहको सहयोगमा कोभिड-१९ अर्थात कोरोना सम्बन्धि सचेतना,प्रशिक्षण सम्पन्न।

बिश्व भरी महामारीको रुपमा तीब्र गतिमा फैलीरहेको कोभिड १९ अर्थात कोरोना भाइरसलाई मध्यनजर गरी आज(सोमबार) समाज परिवर्तन नेपालका अध्यक्ष एवम नेपाल कमनिष्ट पार्टी नेकपाका युवा नेता अकलेश साहले सहयोगमा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ l

बिश्वमा महामारीको फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले पर्साको बीरगंज माहानगरपालिका वडा १८ सौराहामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ l
कार्यक्रमामा बालअधिकार कर्मी ज्योति साह र संचारकर्मी श्रीनारायण महतोले कोरोनाबाट आफु बचनु रहनु र अरुलाई कसरी बचाउनु भने बारेमा उपस्तिथ रहेका स्थानीयलाइ प्रसिक्षण दिएका छन l

कार्यक्रममा सहभागी भएका स्थानीयलाइ बालअधिकार कर्मी साह र संचार कर्मी महतोले कोरोना भाइरसबाट बचनको लागी के गर्ने र लागी हाले के गर्ने भने बारेमा पर्चामा तस्बीर सहितको उल्लेखित सामग्री हेराई उनीहरुलाई बुझाएका थिए l
कार्यक्रमा नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय अध्यक्ष शुभानारयण ठाकुरले यो समयमा भारतबाट आएका आफन्त संग बढ़ी घुलमिल नहुन स्थानीयलाइ आग्रह गर्दै हामी पानी आफ्नो भारतमा पर्ने आफ्ना आफ्नत काहा नजानु पर्ने कुरामा जोड़ दिनु भयो l

यसै गरी नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय उपाध्यक्ष एव स्वास्थ्यकर्मी राजेन्द्र साहले कोरोना भाइरस बारे अफवाह नफैलाउन आग्रह गर्नु भयो l कार्यक्रममा ओ.नो.सीका जिल्ला अध्यक्ष अकलेश साहले यो बिपतको घडीमा जीते जनप्रतिनिद्धिले समेत चासो नलिदा स्थानीय अर्थ निमुखा जनता यसबारे अहिले सम्म अनबिज्ञ रहेको आरोप लागाउनु भयो l

नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय अध्यक्ष शुभनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमा सुरेन्द्र साह,नन्दलाल साह,कमलेश साह,कलीम अंसारी लगायत स्थानीयको सहभागिता गरेको थियो l यसै गरी समाज परिवार्चन नेपालकै आयोजनामा आज बीरगंज महानगरपालिकाको १० स्थानमा साबुन र पलास्टिकको डोल बितरण गरिएको संस्थाका अध्यक्ष साहले बताउनु भयो l