योगबाट सिद्धि

लक्ष्यप्राप्ति, उद्देश्यमा सफलता, परम सिद्धिप्राप्ति परमात्मा नै प्राप्ति गर्ने धेरै उपायहरू छन् । त्यसमध्ये योग पनि एक हो । इन्द्रिय, मन, बुद्धिको वृत्तिलाई रोकेर व्यापक आत्माका साथ स्थापना गर्नुको नाम योग हो । 

योगाभ्यास एउटा उत्तम ज्ञान हो । यो प्राप्त गर्न सम र दम दुवै साधनाबाट सम्पन्न हुन जरुरी छ । अध्यात्म शास्त्रको एउटा विषय नै हो योगशास्त्र । आत्मामा नै बढी अनुराग राख्ने, स्वयंको चिन्तन गर्ने, आफूभित्र परमात्मा खोज्ने प्रक्रियाको नाम योग हो ।

शास्त्रका तŒव जान्ने र शास्त्रले बताएका कर्महरू गर्नेलाई योगी भनिन्छ । संसारबाट जोगिनुको नाम जोगी हो । वास्तवमा योगी शब्द जनबोलीको जोगी हो । जनसाधारणले ‘य’ लाई ‘ज’ उच्चारण गर्ने गरेका छन् । योगीलाई नै जोगी भन्ने गरिएको छ । योगी भनेको बाहिर देखिनेजस्तै जोगी चाहिँ होइन । 

योग भनेको जोड्ने काम हो । आत्माको जोड परमात्मासँग । जुटाउनेको नाम योग हो । निस्काम भावले कर्म गर्नुको नाम योग हो । काम, क्रोध, लोभ, मोह र भयबाट टाढा रहनुको नाम योग हो । स्वप्नबाट अलग रहनुको नाम योग हो । कोरा कल्पना योग होइन, यथार्थ भन्नु योग हो । 

योगका पाँच मुख्य शत्रु छन् । यी दोषहरूबाट टाढा रहनुको नाम योग हो । कामना पहिलो शत्रु हो । क्रोध अर्को खराबी हो, लोभ अर्को दुश्मन हो, भय र स्वप्न योगका परचक्रीहरू हुन् । यी पाँच परचक्रीहरूलाई त्याग गर्न सके योगमा समाहित हुन सकिन्छ । बिस्तारै योगमा अन्तरनिहित भएपछि यी दोषहरू हट्दै जान्छन् । गुरुको मुखबाट ज्ञानको अधिकारी बनेपछि योगबल प्राप्त हुँदै जान्छ । योग्य हुनुको अर्को नाम योग हो । मनलाई वशमा राख्न सर्वप्रथम क्रोध त्याग गर्नुपर्ने हुन्छ । क्रोध त्याग गर्न संकल्पलाई त्याग गर्नुपर्ने हुन्छ । 

संकल्प अर्थात् चाहनाको तीव्र इच्छाबाट क्रोधको उदय हुन्छ, बिस्तारै लोभको पनि अभ्युदय हुन्छ । सत्वगुणलाई आश्रय लिँदा धीर र वीर पुरुषहरूले स्वप्नलाई जित्न सक्छन् । स्वप्न अर्थात् कल्पनाबाट उठेर यथार्थमा आउन सकिन्छ । मानवले धैर्यको सहारा लिएर निद्रालाई जित्न सक्छ । धैर्यको सहारा लिँदा मानवले विषय भोग र भोजनको चिन्ता छोड्न सक्छ । भोजन स्वतः प्राप्ति हुने विषय हो । नेत्र अर्थात् आँखाको सहाराले हात र खुट्टाकोे, मनको सहाराले आँखा एवं कानको र कर्मद्वारा मन र वाणीलाई रक्षा गर्नु वेश हुन्छ । सावधानीद्वारा भयलाई दूर गर्न सकिन्छ ।

सज्जनहरूको सेवा र सङ्गतले चाहिँ दम्भ त्याग गर्न सकिन्छ । आलस्य छोडेर योगका शत्रुहरूमाथि विजय प्राप्त गर्न सकिन्छ । मन दुख्ने, हिंसा एवं कुटिल र रुखो वाणी नबोल्नु पनि योग नै हो । तेजोमय बहृम सबैको कारक र कारण हो । संसार आफैँमा खराब छैन । हेराइ वा दृष्टिमा राम्रो नराम्रो हुनसक्छ । ध्यानले, वेदको अध्ययनले, स्वाध्यायले, सत्य, लज्जा, नैतिकता, इमानदारी, सरलता, क्षमा, शौच, आचार र आहार शुद्धिले अनि इन्द्रिय दमनले शरीरमा तेज वृद्धि हुन्छ । शरीर तेजिलो भएपछि मन स्वतः तेजिलो हुन्छ । मनमा शान्ति हुन्छ । पापहरू पनि बिस्तारै घटेर जान थाल्दछन् ।

योगीको मूल स्वभाव भनेको सबैमा समदर्शी हुनु हो । आप्mनो र पराइमा भेद नहुनुको नाम योग हो । स्वार्थीपन स्वतः हटेर, घटेर जानुलाई, योगाभ्यासमा जानुलाई धर्मका रूपमा लिइएको छ । आवेगमा नआउनुको अर्को नाम योग हो । योगीजनहरू कहिल्यै तनाव र आवेगमा आउँदैनन् । यसरी तनाव र आवेगमा आउनेहरू योगी होइनन् । 

ज्ञान र विज्ञान त्यसैलाई प्राप्त हुन्छ जो भयरहित वातावरणमा हुर्कन्छ, काम गर्छ, अनेकौँ सिद्धि प्राप्ति त्यसैले गर्छ जो हरदिन योगाभ्यास गर्छ । सम्पूर्ण प्राणीमा समदर्शी हुनुको अर्को नाम योग हो । समान भाव नै योगको चिहृन हो । जे प्राप्ति हुन्छ त्यसैमा चित्त बुझाउनुको नाम योग हो । मन र इन्द्रियलाई एकाग्र चित्तले रातको पहिलो प्रहर र रातको अन्तिम प्रहरलाई योग साधनामा बिताउनु राम्रो हुन्छ । योगबाट सिद्धि प्राप्ति हुन्छ । 

मनलाई आत्मासम्मको साइनो लाउन सके मन स्थिर हुन्छ । जस्तै ः कुनै चुहिने भाँडामा पानी भर्दा जति प्रयास गरे पनि पानीको भाँडो भरिँदैन, ठीक त्यस्तै काम, क्रोध, लोभ मोह र मदरूपी विषयान्तर हुन दिँदा योगबाट सिद्धि प्राप्त हुँदैन । पाँच इन्द्रियमध्ये एक इन्द्रियबाट मात्रै पनि यी छिद्रहरू देखिए भने योगको पूर्णता प्राप्ति हुन सक्तैन । साधकले शास्त्रीय ज्ञान चुहिन दिनु हुँदैन । मनले मनलाई नै नियन्त्रणमा राख्नुपर्ने हुन्छ । मन अर्थात् म होइनको नाम नै मन हो । मनलाई वशमा राखेपछि इन्द्रियलाई वशमा राख्न सजिलो पर्छ । 

पाँच इन्द्रियलाई मनमा स्थापित गरेर इन्द्रियसहित मनलाई बुद्धिमा प्रवेश गराउँदै आत्माको गहिराइमा मिलन गराउनुको अर्को नाम योग हो । इन्द्रियमा मलिनता हटाई मनको दुर्बलता हटाउन योगले गतिलो साधनको रूपमा काम गर्नसक्छ । यदि, यस्तो भएमा स्वयं ब्रहृम साक्षात्कार हुन जान्छ । अनि आपूmभित्रै साधकले स्वयं भगवान् पाउन थाल्छ । भगवान् साक्षात्कार हुन जान्छ । 

योगीले आप्mनो अन्तस्करणमा धुवाँरहित अग्नि देख्न थाल्छ । दीप्तमान् सूर्य देख्न थाल्छ, आकाशमा चम्किलो बिजुली स्वयंभित्र देख्न थाल्छ । समान आत्मानुभूति र परमात्मा प्राप्ति मार्ग प्रशस्त गर्न थाल्छ । अब त्यसले सबैको आस्थाभित्र आत्माराम देख्न थाल्छ । जीव मात्रको ईश्वर देख्न थाल्छ । त्यही व्यक्तिलाई महात्मा भनिन्छ । ज्ञानी भनिन्छ, विद्वान् भनिन्छ, सबै प्राणीप्रति दया गर्नसक्ने क्षमतावान् व्यक्ति भन्न सकिन्छ ।

परमात्माको दर्शन प्राप्त व्यक्ति सिद्धहस्त र सिद्व पुरुष त्यही नै हुन्छ । योग साधनामा अग्रसर भएको व्यक्तिलाई प्रारम्भमा मोह र भ्रमको कालो बादल मडारिन सक्छ । बिघ्न बाधाहरू आइपर्न सक्छन् । क्रमशः क्षणिक दिव्य सुगन्ध आएको अनुभूति पनि हुनसक्छ । अनेकौँ अद्भूत रसको प्राप्ति भएको अनुभव हुनसक्छ । इच्छा अनुकूल जाडो, गर्मीको अनुभूति भएको हुनसक्छ । शरीरमा स्पूmर्ति बढेको अनुभूति हुन जान्छ । दिव्य, भोग्य पदार्थहरू आप्mना वरिपरि प्राप्त भएको महसुस हुन थाल्छ । 

यी सबै सिद्धि प्राप्त गरेर पनि सच्चा योगी यी विषयलाई उपेक्षा गरिदिन्छ । मनलाई यसतर्फ अग्रसर हुन नदिएर आत्मातर्फ उन्मुख गराइरहन्छ । एकाग्र हुन्छ मन केवल आत्माप्रति नै । जसरी धन चाहनेले सदैव धनकै इच्छा गर्छ ठीक त्यस्तै साधकले केवल योगकै चिन्तन गरी नै रहन्छ । इन्द्रियलाई स्वयं आपूmभित्र राख्छ, हृदय कमललाई आत्मा भावमा प्राप्त गराएर एकाग्र चिन्तनमै आपूmलाई व्यस्त राख्छ । मनलाई उद्वेलित हुन दिँदैन, चञ्चल हुँदैन, साधनबाट विचलित हुन दिँदैन । सबैप्रति समभाव राखी योगमा समाहित भइरहन्छ । 

नियमित आहार विहार गर्दै लाभ हानिलाई समभावले दृष्टिगत गर्छ । कसैले उसको प्रशंसा गरोस् या निन्दा उसको भाव सम नै हुन्छ । एउटाको भलाइ र अर्काको निन्दा उसले कहिल्यै गर्दैन । लाभ भएमा हर्षले गद्गद् हुँदैन, हानि भएमा खिन्नता बोध उसलाई पटक्कै हुँदैन । ऊ सधैँ समभावमा रहन्छ । वायुझैँ ऊ संवेग विचरण गरेर पनि असङ्गत नै हुन्छ । चित्त स्वस्थ्य हुन्छ । समदर्शी हुन्छ, एकाग्र हुन्छ, स्थिर हुन्छ, धीर हुन्छ, वीर हुन्छ, लगातार ६ महिनासम्म यस्तो योगाभ्यास गर्दा ब्रहृम स्वयं साक्षात्कार हुन्छ । 

बालक ध्रुवले केवल ६ महिनामा परमात्मा प्राप्त गरे । सिद्धि प्राप्त गरे । योगीले योग साधनाबाट यस्तो सिद्धि पाउन सक्छ । 

असल शासनमा, सुशासनमा, राज्य सेवामा, औद्योेगिक उत्पादन र उत्पादकत्वमा, कल कारखानामा, सधैँ सेवामा समर्पित प्रहरीमा, व्यवस्थापनमा, सार्वजनिक प्रशासनमा, राजनीतिकर्मी, निर्णायक नेतृत्वमा, विज्ञानको असल प्रयोगमा आज संसारभर योगको अभ्यास र चमत्कार भइरहेको छ । ज्ञान र विज्ञानको सदुपयोगमा योगाभ्यास जरुरी छ । पछिल्लो समय चिसो हिमाली क्षेत्र केदारनाथमा गएर भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले योगाभ्यास गर्दै गरेको तस्वीर सबैले देखेकै हो । आज नरेन्द्र मोदीको पल्लाभारी भएको पनि सबैलाई थाहा छ । 

आमनिर्वाचनको मत आपूmतिर तानिएकै बखत उनले सार्वजनिक अभिव्यक्ति दिँदै भने यो जित मेरो होइन देशको हो, म मेरा लागि केही गर्दिनँ, जे गर्छु देशका लागि गर्छु । अभिव्यक्तिमा उनले पटक–पटक भगवान् कृष्णको नाम लिए तर हाम्रा नेताजीहरू भगवान्को नाम लिन नाक खुम्च्याउँछन् । 

पशुपति धर्मशालाको उद्घाटन गर्दा मोदीजीले कति पटक भगवान् शिवको नाम लिए तर सँगै भाषण गर्दा हाम्रा नेताहरूले भगवान्को नामै लिएनन् । गत वर्ष काठमाडौंमा भएको यो समारोहको भिडियो रेकर्ड हेर्दा, सुन्दा सबैलाई यसको बोध हुन्छ । अहिले पनि यस्तो अभिलेख सुरक्षित हुनसक्छ ।