यौनांगको रौं हटाउनु कति उचित कति अनुचित ?

740

काठमाडौं । यौवनावस्थामा प्रवेशसँगै मानिसको गोप्य अंगमा रौं पलाउन थाल्छ । यौनांगमा रौं पलाउनुलाई मानिस यौवनिक क्रियामा योग्य हुन थालेको परिचय पनि हो भनिन्छ ।  सामान्यतय ११–१२ बर्षको उमेर देखि शरीरका गुप्तांगमा रौं पलाउन सुरु गर्दछ ।

आधुनिक महिलाहरु धेरैले गोप्य अंगमा आएको रौं खौरिएर वा विभिन्न क्रिमको मद्धतले सफाचट बनाउने गरेका छन् । महिला मात्र होइन अचेल पुरुषले पनि आफ्नो दाह«ी खौरिएझै गुप्तांग तथा काखि मुनिको रौं खौरिने गरेका छन् । कसैकसैले त छातिको रौं पनि सफाचट बनाउने गरेको पाइन्छ ।

गुप्तांगको रौं राख्नु उचित की हटाउन उचित भन्ने विषयमा सामान्य मानिसमा कुरा बाझ्ने गर्दछ । कतिले गुप्तांगको रौं राख्नु उचित हुन्छ भन्ने गरेको पाइन्छ । जसले यौन सम्पर्कको बखत एक अर्का विचको स्क्रिनलाई घर्षण हुन नदिइ एक व्यक्तिमा भएको स्क्रिन सम्बन्धी कुनै रोग, एलर्जी भए अर्कोलाई संक्रमण हुनबाट बचाउँछ समेत भनेका छन् । तर, त्यो विल्कुल असत्य रहेको स्क्रिन डाक्टर रविना झा बताउँछिन् । उनका अनुसार यसले अझ यदि पार्टनरमा कुनै छाला जन्य रोग भए यसले भाइरसलाई अझै बढवा दिने उनको तर्क छ । उनका अनुसार जति सक्दो गुप्तांग तथा अनुहारलाई रौं रहित बनाउनाले छालामा हुने संक्रमण कम हुन्छ ।

गुप्तांगको रौ हटाउन भरसक रेजर भन्दा उपयोगी अन्य आफूलाई सुट गर्ने क्रिम अथवा वाक्स गराउनु उचित हुने उनको सल्लाह छ । तर, छालालाई कुनै क्रिम तथा वाक्सले एलर्जी भयो भने पुनः त्यही विधि वा क्रिम प्रयोग नगर्न उनको सुझाव छ । अझ कलिलो–कोमल छालामा रेजर प्रयोग गर्ने हो भने एउटा रेजर एक वा दुई पटक मात्र प्रयोग गर्नु उचित हुने बताइन्छ ।