रवि लामिछानेविरुद्ध खेम भण्डारीले दिए प्रेस काउन्सिलमा उजुरी

942

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । निर्मला पन्त बलात्कारपछि हत्या घटनालाई लिएर ‘पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको भन्दै रविविरुद्ध उनले उजुरी दिएका छन् । 

विपक्षीले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको नग्न उल्लंघन गर्दै आफूलाई अन्याय गरेको उनको दाबी छ ।