रानाथारु समुदायको एतिहासिक जितलाई फुटेको सन्देश कसैले नदेउ:विनय वैद्य।

206

(लेखक : विनय वैद्य ),,

हाम्रो सुन्दरतानै विविधतामा रहेको छ । चाहे सामाजिक होस वा प्राकृतिक सबै खालको सुन्दरताले भरीपुर्ण देशको रुपमा नेपाल लाई चित्रण गरिनुको कारण विविधतानै हो हुन त समाजमा रहेको विविधता लाई विभाजितताको रुपमा देख्ने आखाहरु पनि छन । जसले जे देखेपनि विविधता नै समाजको सुन्दरता हो भन्ने सत्यलाई धाकछोप गर्न सकिदैन । २०६८ सालको जनगणना अनुसार भन्ने हो भने नेपाल मा हाल सम्म सुचिकृत १२५ जात जाती रहेका छन । ति सबै जात जातिहरुको आफ्नै छुट्टै भाषा,सस्कृति,कला र सम्पदाहरु रहेका छन ।              

( राना थारु समुदायकि युवतीहरु रानाथारु ड्रेसमा सजिएकी तस्वीर )

विविधताको पहिचान र सुचिकरण निरन्तरताको रुपमा नेपाल सरकारले रानाथारु समुदायलाई आदिबासि समुहको रुपमा सुचिकृत गरेर छुट्टै पहिचान स्थापित गरेको छ । यस सन्र्दभमा सम्पुर्ण राना समुदायको बृहत्तर हितको लागि हार्दिक शुमकामना ब्यक्त गर्न चाहन्छु ।    आज राना थारु समुदायले छुट्टै पहिचान पाउदा कति थारु समुदाय भित्र (डगौंरा थारु) र अन्य समुदायले विरोधाभाष पुर्ण संसय ब्यक्त गरिरहेका छन । रानाथारु समुदाय र चौधरी थारु समुदाय आर्थिक, सामाजीक र राजनितीक रुपले पछाडी पारिएको र धेरै हद सम्म समानता रहेका समुदाय हुन । रानाथारु समुदायलाई आदिबासि जनजातीको रुपमा सुचिकृत गर्नाले मात्रै यि दुई समुदायमा कुनै फरकपन वा विभेदहुने अवस्था भने पक्कै होइन । आज यसै सन्दर्भमा विरोधाभाषपुर्ण विषय वस्तुहरु छलफलमा आइरहेकोले राना थारु र चौधरी थारु समुदाय विचको सम्वन्ध, पहिचान,कला र सस्कृतीको बारेमा थोरै पाठक समुदाय लाई जानकारी गराउने इच्छा शक्तिले केहि कुरा कोर्न मन लाग्यो ।   राना थारु समुदाय नेपालको सुदुर पश्चिम प्रदेश कैलाली र कन्चनपुरमा बसोबास गर्ने समुदाय हुन । म स्वयम र मेरो वुवाको पुस्ता देखि रानाथारु र हामी दगौराथारु समुदाय संग संगै सहकार्य गर्दै अगाडि बढिरहेको यर्थाथ हो । समाजीक,आर्थिक र राजनितीक रुपमा दुबै समुदायमा सामानता रहेपनि कला,सस्कृती,भाषा,भेषभुषा का सन्दर्भमा दुबै समुदायमा नितान्त भिन्नता रहेको छ । रानाथारु समुदायको आफ्नै छुट्टै पहिचानयुक्त पहिरन (घघंरिया,अंघिया,उनिया,नक्वेसर र पैंडा) रहेका छन । भाषाको बाट समेत रानाथारुको छुट्टै आफ्नो पहिचान छ । त्यसैगरी रानाथारु समुदायले मनाउने होली,तिज,चराँई जस्ता छुट्टै पहिचान युक्त चाँड पर्वहरु रहेका छन । धार्मीक रुपमा हेर्ने हो  भने रानाथारु समुदाय हिन्दु धर्मालम्बी को रुपमा चिनिने गर्दछन ।    राजनितिक रुपले पछाडी परिएको यस समुदायको उच्च तहको नेतृत्वको इतिहास भने छोटो रहेको छ । सर्वप्रथम पंचायत शाशनकालमा लवरु रानाले नेपाल सरकारको केन्द्रिय मन्त्रिको रुममा नेतृत्व गरको देखिन्छ भने त्यस यता पुरण राना, कृपाराम राना प्यारेलाल राना र माला मति रानाले संसदमा नेतृत्व गरीसकेका छन र हाल एक मात्र संघिय संसदको रुपमा नारदमुनी रानाले नेतृत्व गरीरहेका छन । यस बाहेक अन्य ब्यक्तिहरु उक्त समुदायबाट उच्च नेतृत्व तहमा पुगेको देखिदैन । रानाथारु समुदायको यो छोटो परिचय संग मैले देखेको र जानेको रानाथारु र डंगौरा थारु समुदाय विचको सम्बन्धलाई उजागर गर्न चाहान्छु ।           

कैलाली र कञ्चनपुर जिल्लामा रानाथारु र डंगौरा थारु समुदाय अन्य थुपै्र गैर थारु समुदायसंग सहकार्य गर्दै समाजिक रुपान्तरणमा अगाडी बढाई रहेका छौ । राना थारु समुदाय र डंगौरा थारु समुदाय विच र अन्य गैर थारु समुदायविच यास क्षेत्रमा सौद्धार्दपुर्ण सम्बन्ध रहि आएको छ। रानाथारु समुदायलाई आदिवासीको रुपमा छुट्टै पहिचान दिइनुलाई कतिपय अन्य पहिचानको मुद्धालाई कमजोर बनाउन खोजिएको अशंका गरीरहेका ्छन । तर यर्थाथमा यो कदम दुबै समुदायलाई मिलेर पहिचानको मुद्धामा अगाडि बढ्न सहजभएको मेरो ठम्याई छ । साथै कतिपयले यो पहिचानको मुद्धामा थारु समुदायलाई अल्पमतमा पार्न खोजेको प्रतिकृया समेत दिइरहेको छन । अल्पमतमा पार्न खोजेको प्रतिकृया दिने मित्रहरुलाई म के अनुरोध गर्न चाहन्छु भने पहिचानको मुद्धा बहुमतमा रहेर वा अरु कसैमाथी आक्रमण गरेर स्थापित नभई समुदायको उत्थान र विकास संग जोडिएको मुद्धा हो । राना थारु समुदाय आदिबासी जनजातिको रुपमा सुचिकृत हुनु पनि पहिचानको मुद्धामा एउटा ऐइतीहासिक र ठुलो जित वा उपलब्धी हो । उक्त उपलब्धीका लागाी हामी सबैले रानाथारु समुदाय र उक्त समुदायका अगुवाहरुलाई बधाई दिन कञ्जुस्याई गर्नु हुदैन । यहि उपलब्धीको आधारमा राना थारु समुदाय र चौधरी थारु समुदायमा फुट भएको भनि व्याख्या विश्लेषण गर्नु अल्पबद्धिको परिचय दिनुको सिवाए अरु केहि होइन।

             

म राष्ट्रिय थारु कलाकार मञ्चको अध्यक्षको हैसियतमा के अनुरोध गर्न चाहन्छु भने यो सस्था चौधरी थारु समुदायको मात्र नभई राना थारु समुदायका साथै सम्पुर्ण थारु कलाकारहरुको साझा छाता संगठन हो । कलाकारहरुले कुनै जातजाती र कला सस्कृतिको विकास र विस्तार गर्ने मुख्य भुमिका भएकोले  राष्ट्रिय थारु कलाकार मञ्च सधै सबै थारु जातिहरुको कला, सस्कृती र पहिचानको लागी फुटेर हैन जुटेर अगाडि बढ्ने छ भन्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु।
    अन्त्यमा सम्पुर्ण थारु एवम गैर थारु समुदायलाई के अनुरोध गर्न चाहन्छु भने सक्नु हुन्छ यस एतिहासिक उपलब्धीका लागी रानाथारु समुदायलाई बधाई ज्ञापन गर्नुहोस र यहि सक्नुहुन्न भने जाति भेदभाव सिर्जना गर्ने खालको अभिब्यक्ती वन्द गर्नुहोस ।                                                                                     

[लेेेखक:= विनय वैद्य / अध्यक्ष राष्ट्रिय थारु कलाकार मञ्च नेपाल् ]