काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन काठमाडौंमा सुरु भएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो । उद्घाटन सत्रमा आतिशवाजी समेत गरिएको छ ।
उद्घाटनमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।