रिलिजअघि नै रजनीकान्तको फिल्मलाई १ सय ८० करोड

मुम्बई (एजेन्सी) । दक्षिण भारतीय सुपर स्टार रजनीकान्त स्टार फिल्म ‘दरबार’ ले रिलिजअगावै १ सय ८० करोड भारु कमाएको छ । सो चलचित्रले भारतलगायत अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभी डिजिटल राइट्स बिक्री गरी १ सय ८० करोड भारुको कमाइ गरेको हो ।

२ सय ५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन् । यसअघि उनले ‘गजनी’, ‘अकीरा’, ‘होलिडे’ लगायत फिल्म निर्देशन गरेका थिए । ‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरी चारवटा भाषामा रिलिज गरिँदै छ । फिल्ममा राजनीकान्त पुलिस अफिसरको भूमिकामा प्रस्तुत भएका छन् । ‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाहलगायतका कलाकारले अभिनय गरेका छन् ।