रेश्मा बोम्जनको “सोल्टिनी मैच्याङ” (भिडियो सहित)

काठमाडौ : रेश्मा बोम्जनको तामाङ सेलो गीत,छोटो समयमा तामाङ सेलोको इतिहासमै अहिले सम्मको धेरै पठक हेरिएको छ ।

“ए सोल्टिनी मैच्याङ” बोलको गीतले यति छिटै तामाङ इतिहासमै पहिलो चोटि यति धेरै हेरिएको हो । यो गित जोरपाटीमा रहेको क्लब मससमा एक कार्यक्रमको बिच बिहीबार सार्बजनिक गरिएको हो।

बिहीबार काठमाडौंमा गायिका रेश्मा बम्जन र गायक अनिल लामाको सोल्टिनी मैच्याङ म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा सांसद शेर बहादुर तामाङ, तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबा, चादानी मोक्तान लगााायतको उपस्थितिमा  सार्वजनिक गरिएको थियो।

गायिका बोम्जनले एकपछि अर्को गर्दै आफ्नो श्रोताहरु माज उत्कृष्ट गीत हरु दिदै आएको छ चम्किला स्वरको धनी गायीका जुन सुकै गीतलाई पनि उत्कृष्ट स्वर दिन सक्ने क्षेमतावान गायिका बोम्जनले पछिलो सार्बजनिक गरिएको गीत ए सोल्टिनी प्रमाणित गरिदिएको छ ।

संगे ब्लोनको शब्द अनि रेश्मा बोम्जन र अनिल लामाको स्वरमा रहेको गीतमा अनिल लामाले संगीत भरेको छ भने पवन वाङ लामाले एरेन्ज गरेको छ ।

भिडियोमा बरिष्ठ अभिनेता जयनन्द लामा, सविता गुरुङ, निरञ्जली लामा, रश्मी तामाङ, रेशम फिरीरि, नविन राई, मरिष्का पोखरेल, विकास राना मगर, कुमार थिङ लगायतले अभिनय गरेका छन् ।

विकास ज्ञवालीको सम्पादन र ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकनमा निर्माण भिडियोमा राहुल बराइलीको निर्देशन रहेको छ । गीतमा मैच्याङलाई लैजान च्याङ्बाले खुबै फकाउने प्रयास गर्छ । तर, मैच्याङ भने तर्केर च्याङ्बाको प्रस्ताब अस्वीकार गरेका दृश्य देख्न सकिन्छ ।

हेर्नुस् भिडियो