लकडाउनको बेला सरकारको निर्णय उल्लंघन भएपछि सप्तरीमा नेपाली सेना परिचालन।

सप्तरी := माहामारी रुप लिएर विश्वभरीनै तिब्र गतिमा फैलीरहेको कोरोना भाइरसको रोकथामका लागि अन्य अन्तर्राष्ट्रिय देशहरूमा सरह सतर्कता अपनाउदै नेपाल् सरकारले लकडाउन लागु गराएको आज मंगलबार पहिलो दिन लगभग देशैभरी राम्रै प्रभाव परेको देखियो।

तर, सप्तरीका अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएपछि नेपाली सेना परिचालन गरिएको छ । सप्तरीका विभिन्न चार ठाउँमा सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले सञ्चारकर्मीलाई बताए अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले बताए । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।

कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले चैत १८ गतेसम्म १ हप्ताको लागी लकडाउन लगाएको छ । तर अतिआवश्यक सेवाहरु भने उच्च सतर्कताको साथ सुरक्षा सहित प्रदान गरिने छ्न ।