विमान दुर्घटनाबारे इरानले अन्तर्राष्ट्रिय सहयोग स्वीकार्ने

80

तेहरान । इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपति हसन रुहानीले बताएका छन् । इरानी राष्ट्रपति रुहानीले सो कुरा क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताएका हुन् । 

इरानी राष्ट्रपति रुहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेको इरानी समाचार समिति, इर्नाले जनाएको छ । सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रउहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोगको इरानले स्वीकार गर्ने बताएको समाचारमा जनाइएको छ । 

यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्णरूपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसङ्घले पनि गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गरेका थिए । 

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्णरूपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाई दिनुपर्ने बताएको थियो । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको युक्रेनी विमान गत हप्ता इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौजना चालकदलका सदस्यसहित १७६ जना यात्रामा ती सबै यात्रुको निधन भएको छ । 

यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको जनाएका थिए । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो । यसअघि क्यानाडा र युक्रेनले विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्वन्द्वको समय रहेकाले विमानको दुर्घटना हुनु शंकास्पद रहेको बताएको थियो । 

त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको विश्वका हानेको थियो । सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैंले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्णरूपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको बताएको थियो । 

उता इरानले उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र भएको स्वीकार गरेको छ । सो विमान भुलबस दुर्घटना हुनपुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो । इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ ले युक्रेनी विमानमा ‘भुलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ । इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान सुरुमै पश्चिमी मुलुकले गरेका थिए ।

संयुक्तराज्य अमेरिका, क्यानाडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भुलबस खसालिएको इरानले स्वीकार गरेको छ । इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिकरूपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र नै भएको स्वीकार गरेको अधिकारीले जनाएका छन् ।