वीरगन्जको बिरामी शिव कुमारलाई कोरोना लागेको छैन,हल्लाको पछि नलागौं:गण्डक मेडिकल कलेज।

पर्सा : वीरगँँन्जस्थित गण्डक मेडिकल कलेजमा उपचार गराइरहेका एक बिरामी शिव कुमारमा कोरोना संक्रमण देखिएको भन्ने समाचार,हल्ला गतल भएको अस्पताल प्रशासनले जनाएको छ।  

केही दिनअघि शिव कुमारलाई वीरगन्जको गण्डक मेडिकल कलेजले पटनाको अस्पतालमा रिफर गरेको र उनमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै हल्ला चलेपछि अस्पतालले यस्तो जनाएको हो। ‘त्यस्तो कुनै प्रकारको बिरामी यो अस्तपालमा आएकै छैन, यो गलत हल्ला हो,’  गण्डक अस्पतालका एक कर्मचारीले सञ्चारकर्मी संगको कुराकानीमा भने, ‘हामीले हल्ला चलेको नाम गरेको कोरोना लागेको कुनै पनि व्यक्तिलाई पटना रिफर गरेका छैनौं।’

संक्रमण भएको भनिएको बिरामीको उपचार अहिले पटना अस्पतालमा हुँदैछ्न , तर कोरोनानै भने पुष्टि भैईसकेको छैन ।उनका आफन्त डाक्टर को रिपोर्टको पर्खाइमा रहेको जनाईएको थियो , रिपोर्टमा समेत शिव कुमार लाई कोरोना नरहेको स्पष्ट लेखिएको छ ।