शिक्षक दरवन्दीको समयमै व्यवस्थापन गर्न माग

47

कालिकोट । खाँडाचक्र नगरपालिका–७ मा रहेको कालिका माध्यामिक विद्यालयमा शिक्षकको दरवन्दी व्यवस्थापन गर्न माग राख्दै माग पत्र बुझाइएको छ ।

आइतबार मानवअधिकार समुह, नागरिक समाज र स्थानीय अभिभावकले खाँडाचक्र नगरपालिकामा मागदावी–पत्र पेस गरेका छन् ।

 २०३७ सालमा स्थापना भएको कालिका माध्यामिक विद्यालय २०७१ सालदेखि कक्षा ११/१२  विज्ञान  विषय समेत अध्यापन हुँदै आइरहेको छ । तर आवश्यक शिक्षक नहुँदा पठन पाठनमा बाधा भएको भन्दै मानवअधिकार समुहको नेतृत्वमा नगरपालिकामा मागदावी–पत्र बुझाइएको हो । 

मानवअधिकार समुहकी संयोजक अविसरा अधिकारी, उपाध्यक्ष दक्षिणा शाही, नागरिक समाजका तुलाराज पाण्डे र स्थानीय अभिभावक निस्ता कार्कीको हस्ताक्षर रहेको मागदावी–पत्र खाँडाचक्र नगरपालिका कार्यवाहक प्रमुख पुष्पराज गिरीलाई बुझाइएको थियो । 

मागदावी पत्रमा ४ सय ६६ सय विद्यार्थी अध्यापन गरिरहेको यस विद्यालयमा प्रावि, निमावि दरवन्दीमा जम्म १३ जना शिक्षकहरु कार्यरत रहेपनि मावि र उच्च मावि तहमा सून्य दरवन्दी रहेकोले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ । यस्तै  विज्ञान विषय अध्यापन गराइने यस विद्यालयमा  विज्ञान र अंग्रेजी विषयको शिक्षक नहुँदा विद्यार्थीको भविश्य अन्योल भएको बताउँदै तत्काल शिक्षक व्यवस्थाका लागि रकम विनियोजन गर्न माग गरिएको छ । 

पत्रमा माध्यमिक तहमा निजि श्रोतबाट अध्यापन गराइरहेका शिक्षकहरुले ३२ लाख तलब नपाएकाले आव २०७६/०७७ बाट अध्यापन गराउन छाडेका थिए । 

मागदावी–पत्र वुझ्दै कार्यवाहक नगरप्रमुख एवं नगर प्रवक्ता गिरीले योपत्रलाई आगामी नगर कार्यपालिकाको बैठकमा पेस गरी गम्भीरताकासाथ छलफल गर्दै समस्याको समाधान गरिने बताए ।