सद्भावको कडी सामाजिक चाड

262

प्रकृतिसँगको अन्तक्र्रिया र मानिसको लामो अनुभवबाट संस्कार र संस्कृतिको निर्माण हुन्छ । कुनै पनि रीतिरिवाज विचार र दर्शनमा मतमतान्तर परापूर्वकालदेखि चल्दै आएको हो । वैदिक तथा उपनिषद्कालदेखि आस्तिक दर्शनको विकास हुँदै आएको हो । यसको उल्टो नकारात्मक पाटोमा नास्तिक विचार, सिद्धान्त तथा दर्शनको तत्कालीन कालखण्डदेखि नै प्रादुर्भाव भएको थियो । दृष्टान्तका निम्ति चार्वाक दर्शनलाई वा कम्युनिष्ट सिद्धान्तलाई लिन सकिन्छ । उपनिषद् कालअघिदेखि नै चार्वाक दर्शन वा लोकायत विचार र सिद्धान्त समाजमा विकसित हुँदै आएको हो । आस्तिक दर्शनका विद्वानहरू ईश्वर, वेद, उपनिषद्का उपासक तथा आध्यात्मिक प्रत्ययवादी चिन्तक थिए भने चार्वाक वा लोकायत मतका विचारकहरू नास्तिक र भौतिकवादी थिए । 

भौतिकवादको मुख्य सिद्धान्त नै द्वन्द्वात्मक छ र प्रत्येक काम कुराको पक्ष विपक्षमा विचारको द्वन्द्व हुन्छ भन्ने मान्छन् । पूर्वीय दर्शनमा पनि विचारमा यस्तै भिन्नता भएकाले दर्शनशास्त्रहरू आस्तिक र नास्तिक दुई खण्डमा विभक्त छन् । वैशेषिक, न्याय, मिमांसा, योग, सांख्य र वेदान्त यी ६ वटा दर्शनलाई आस्तिक दर्शन मानिन्छ । यसैगरी नास्तिकमा पनि चार्वाक, बौद्धका चार प्रकार, जैन र कम्युनिष्ट गरी सातवटा छन् । नास्तिक दर्शनमा परलोक नमान्ने, वेदलाई अपौरुषेय नमान्ने तथा निन्दा गर्ने एवं ईश्वर नमान्नेमध्ये जे भए पनि नास्तिक मानिएको छ । 

यस्तै मतमतान्तर चल्दै गरेको कालखण्डमा सातांै सताब्दीमा आदि शंकराचार्यको उदय भयो । शंकराचार्यले किशोर उमेरमै ब्रहृमसूत्र आदिको शाङ्कर भाष्यलगायत वेदान्त दर्शनमा अनेक कृति लेखेर चार्वाक (लोकायत) मतको खण्डन गरे । चार्वाकले चारै दिशामा आफ्ना शिष्य मण्डली पठाएर नास्तिक दर्शनको विरोध गरी आस्तिक दर्शनको पक्षपोषण गर्दै नास्तिक दर्शन समाप्त पार्न मरिमेटेर लागेर चार्वाक दर्शनका कृतिहरू पनि नष्ट गरिए । 

यस प्रकार उपनिषद् सोही कालदेखि अनेक विरोध हुँदाहुँदै पनि आजसम्म जीवित एवं प्रमुख दर्शन मध्येको एक भएर रहेकाले चर्चित छ । प्रायः सबै दर्शनमा आआफ्ना मत एकत्र गरी सूत्रग्रन्थ बनेका छन् । दृष्टान्तको निम्ति गौतमको न्याय दर्शनमा न्यायसूत्र, कणादको वैशेषिक दर्शनमा वैशेषिक सूत्र, कपिल मुनिको सांख्य दर्शनमा सांख्य सूत्र, पतञ्जलीको पातञ्जल योगदर्शनमा पातञ्जल योगसूत्र, वादरायण व्यासको वेदान्त दर्शनमा वेदान्त सूत्र, जैमिनीको कर्मामिमांसा दर्शनमा कर्ममिमांसा सूत्र, वृहस्पतिको चार्वाक दर्शनमा वार्हस्पत्य सूत्र आदि ।

सम्पूर्ण दर्शनको उद्देश्य एउटै छ, त्यो हो प्राणीमात्रले चाहेको सुख कसरी प्राप्त गर्न सकिन्छ । सुख दुःख समायुक्त जीवनं भवेत्, सुख दुःख विहिनं तु जीवनं विफलं भवेत ।। दुःख सुख भोगेको जीवन नै जीवन हुन्छ । सुख दुःख नभोगेको जीवन विफल हुन्छ । पूर्वीय जीवनको प्रतिविम्ब मानिने नाट्शास्त्रमा ‘दुखान्तं न नाटकम’ भनिएको छ । ‘अवस्यमेव भोक्तव्यं कर्माकर्म शुभाशुभम्’ आफूले गरेका राम्रा नराम्रा कामको फलभोग सबैले भोग्नुपर्छ । पूर्वीय दर्शनमा धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ छन् भनेर सबै दर्शनले स्वीकारेका छन् । 

दर्शनको लक्ष्य मानसिक वा शारीरिक, आत्मिक वा आध्यात्मिक, लौकिक वा पारलौकिक जे भए पनि अत्युत्तम सुख प्राप्त गर्नु हो । श्रुति, स्मृति, पुराण आदि शास्त्रको लक्ष्य नै असाधारण सुख भोग गर्नु हो । मोहको कारणले मानिसले यो संसारलाई अनित्य वा नित्य सम्झन्छ, अनुभूत गर्छ । 

मानव समुदायले चीर कालसम्मको निरन्तरको अनुभव अभ्यासबाट रचित संस्कृति संस्कार तत्कालीन कालखण्डको परिवेशअनुरूप परिवर्तन परिमार्जन हुँदै आआफ्ना परम्पराबमोजिम उपयोग हुँदै आएका छन् । दश हजार वर्षअघिसम्म भूमण्डलका जहाँका मानिस पनि सामाजिक रूपमा स्थायी बसोबास गर्दैन थिए । दक्षिण एसियाको परिप्रेक्ष्यमा भन्नुपर्दा द्वापर युगमा मथुराका शासक भगवान श्री कृष्णले सामाजिक जीवन पद्धतिको प्रथा चलाएर ईश्वर कहिलएको प्राचीन ग्रन्थबाट ज्ञात हुन्छ । 

तत्कालीन प्रारम्भिक साम्यवादमा मानिस कर्ममा विश्वास गर्दै सामूहिक उत्पादनमा सहभागी हुन्थे । दास युगपछि मात्र धर्मको प्रभाव बढ्दै गएको रहेछ । युरोपमा रोमनकालमा खृष्टिएन धर्म अगाडि बढ्यो भने त्यतिबेलै मुस्लिम र कन्फ्युसियन धर्म एसियामा फैलिए । हिन्दू धर्म कुनै पण्डितद्वारा नचलाएर सनातन हो । यो मानव सभ्यतासँगै आएको हो । मानव जीवनमा धर्मको उत्पत्ति भएपछि मात्र संस्कृतिमा धर्म हावी हुन थाल्यो । सोह्रौं सताब्दीदेखि धर्म क्रमशः कमजोर हुँदै गयो । सत्ता र धर्म एक अर्काका पूरक हुँदै आएका छन् । 

भूमण्डलीकरणको युगमा नेपाली संस्कार संस्कृति चाडपर्वहरू प्रभावित भएर अचेल ठिमाहा बन्न पुगेका छन् । संसारकै सबैभन्दा पुरानो सनातन धर्म सभ्यता संस्कृत शब्द हिम्दुबाट सुरुवात भएको हो । कसै कसैले सिन्धु शब्द अपभ्रंश भएर ‘हिन्दू’ भएको पनि भनेका छन् । हिउँ क्षेत्र हिम्दुबाट ध्वनि फेरिएर ‘हिन्दू’ भनेको हुनुपर्छ । हिन्दू शब्द सर्वप्रथम ऋगवेदमा प्रयोग भएको छ । १३ औं सताब्दीमा युरोपीयनहरूले ‘हिन्दू भूमि’ उल्लेख गरेका थिए । 

तदनुरूप भारतलाई हिन्दूस्तान सम्बोधन गरियो । हिन्दू धर्म सभ्यताले मानिसको दैनन्दिनीलाई धार्मिक कर्मअनुसार डो¥याउने गरेको छ । तदनुरूप हिन्दू धर्मशास्त्र मूलतः नियम कानुनको संग्रह हो । शरद ऋतुलाई हिन्दू तथा नेपालीले सभ्यता संस्कार स्वरूप तीज, दशँै, तिहार आदि विशिष्ट रूपमा मनाउँछन् । तसर्थ यो ऋतुलाई ‘शरद उत्सव’ भन्दा अत्युक्ति हुँदैन । 

दशैँको मुख्य आकर्षण मान्यजनबाट टीका जमरा शक्तिकी देवीको प्रसादको रूपमा ग्रहण गर्नु हो । त्यतिबेला ‘आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे, ऐस्वर्यं नहुषे गतिश्च पवने, मानञ्च दुर्योधने, सौर्य सान्तनवे, बलंहरधरे सत्यंच कुन्तिसुते, विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिस्च नारायणे’ भनियो । यसैगरी नारीलाई आशिर्वचन दिँदा ‘जयन्ति मंगलाकाली भद्रकाली कपालिनि, दुर्गा क्षमा शिवरात्री स्वाहा स्वधा नमस्तुते’ भनी प्रसाद प्रदान गरिँदै आइयो । 

दशैँमा आफन्तसँग भेटघाट हुने सुखद् पक्ष छ भने अर्कोतिर आफ्नो औकातअनुसार खर्च नगरेर ‘ऋणं कृत्वा घृत्तम पिवेत’ भनेझैँ ऋण गरेर भए पनि खर्च गर्ने विकृत संस्कार पनि विकसित हुँदै आएको पाइन्छ । त्यसैले चाडपर्वमा किफायत गर्ने संस्कृति भएका समाजका मानिसले व्यंग्यस्वरूप भन्छन् ‘दशंैमा दश आना, तिजमा तीन आना, तिहारमा तीन आना गयो पहाडियाको सोह्र आना’ । ‘राजनीतिले फुटाउँछ सामाजिक चाडले जुटाउँछ’ भन्ने पनि सूत्र बनेको छ । विगतमा असत्यमाथि सत्यले, अन्यायमाथि न्यायले विजय पाएको, सत्यमेव जयतेको सन्देश प्रवाह गर्दै खुशीयाली मनाउने परम्परा शनातन संस्कृति हो । यस्तो सुन्दर संस्कृतिभित्रै विकृति पनि भिœयाइएको छ । 

यस्ता विकृतिविरुद्ध खरो उत्रिने प्रेरणा शक्तिको प्रतीक महाकालीले गरून् भनेर आस्तिकहरूले स्तुति, स्तोत्र, ध्यान, पाठपूजाका अतिरिक्त पशुपक्षीको बलि दिने सनातन संस्कृति हो । बलि दिँदा हिस्रक जीवजन्तु बाघ, भालु, सर्प, अजिंगर जस्तालाई बलि दिन सक्दैनन् । सोझा सिधालाई मात्र दिन्छन् । प्राचीन कालमा भगवानलाई खुशी पार्न नाबालक पनि बली दिन्थे । 

प्रत्येक प्राणीको जीवन रक्षा मानवीय धर्म संस्कृति मान्दै साकाहारीले बलि प्रथा बन्द गरौँ भनेर सामूहिक अभियान चलाउँदै आएका पनि छन् तर हिमाली भेगबाट उत्पन्न भएको ठण्डी ठाउँको उपजको रूपमा चलेको मादक पदार्थ सेवन एवं मांशाहारी सनातन संस्कृति भएकाले ऐच्छिक विषय भएको छ । प्रकृतितः मानवप्राणी मांशाहारी होइन भन्ने दातले पुष्ट्याइँ गर्छ ।

नेपालमा मासिक चार लाख ३० हजार खसी बोका खपत हुन्छन् । औसतमा नौ सय रुपैयाँका दरले ८ अर्ब ४६ करोड बराबरको मासु नेपालीले उपयोग गर्छन् । दशैँजस्ता चाडमा यसको दोब्बर खपत हुन्छ । ब्रोइलर तथा लोकल कुखुरा हाँस आदि गरी मासिक तीन लाख केजी खपत भइरहँदा दशैँको बेला दश लाख जति खतप हुने गरेको छ । यसप्रकार चीन र भारतबाट समेत आयात गरेर दशैँमा ९२ अर्ब रुपैयाँबराबरको मासु खपत हुने गर्छ ।

सामथ्र्य विकास नै गरिबी निवारण र न्यायको मार्ग हो । साढे १२ लाख नेपाली घरपरिवारमा ४ लाख घर परिवार विपन्न देखिएका छन् । सामान्यतः गरिबीले अभाव, आवश्यकता र पीडालाई जनाउँछ । गरिबीले दुःखै दुःख र वञ्चितिको सिर्जना गर्छ । सबै प्रकारको अवसर र उपयोगबाट अलग्याउँछ । वार्षिक २० हजार रुपैयाँभन्दा न्यून आय हुने व्यक्ति गरिब हो । गरिबीका कारण आफ्नो सनातन संस्कृति त्याग्ने, पराई धर्म संस्कृति अंगीकार गर्ने, उग्र हुने, रुढीग्रस्त संज्ञा दिएर संस्कार सभ्यतालाई लत्याउने घृणा गर्ने, निन्दा गर्ने, अपमान गर्ने पराई धर्मावलम्बीले गर्दै आएका छन् । 

विगतमा केही साम्प्रदायिक व्यक्तिहरूले उगरूप लिए । त्यसपछि माओवादी कम्युनिष्टले  सशस्त्रयुद्धकालमा दशैँ तिहारलगायत कुनै पनि ‘सामन्ती चाड’ नमान्ने अभियान चलाए । मृत्यु संस्कार बहिष्कार गर्नेसम्मको अभियान चलाए । माओ नीति सबै ध्वंश गर्ने रणनीतिअनुरूप विविध अभियान सञ्चालित थिए । सृष्टिकालदेखि चल्दै आएका संस्कार संस्कृतिलाई विकृत हुंकारले तोडेर तोडिन्न भन्ने वास्तविकता संस्कारकै शक्तिशाली राष्ट्रपति सी चीन फिङले महसु गर्दै सनातन संस्कार र पर्यावरणको संरक्षणलाई प्राथमिकता दिएका छन् । 

नेपालले पनि अनुशरण गर्ने भनेको छ । हिन्दू तथा नेपालीले दशैँ तिहार तीजलगायत चाडपर्व साथै सोह्र संस्कार मान्दै आएका छन् । हिन्दूले जस्तै बुद्धिष्टले वैशाख पूर्णिमा, मुस्लिमले इदुलफिसरत, बकर रोजा र खृष्टिएनले क्रिसमस मनाउँछन् । जनतामा अन्तरघुलित संस्कार चाडपर्वलाई शोषक सामन्त पुँजीपतिबाट सृजित परम्परा भनेर हेला घृणा बहिष्कार गरियो भने उग्रवादीहरू जस्तै आफ्नै पहिचान सभ्यताविरोधी बन्न पुग्छौँ । आफ्नो सभ्यता संस्कृतिको रक्षा गर्नु पनि निजी सम्पत्ति रक्षा गर्नु जस्तै हो ।