सरकारको चेतावनी : विप्लव समूहलाई चन्दा नदिनू, दिए कानुनी कारबाही

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव समूहलाई आर्थिक सहयोग नगर्न (चन्दा नदिन) आग्रह गरेको छ । गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर उक्त समूहलाई आर्थिक तथा अन्य सहयोग नगर्न आग्रह गरेको हो । सहयो गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि गृहमन्त्रालयले दिएको छ ।

गत फागुन २८ गते मन्त्रिपरिषद्ले उक्त समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरेको स्मरण गराउँदै गृहमन्त्रालयले आपराधिक र विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्षरूपमा संलग्न रहेको समूहलाई सहयोग गर्ने गराउनेलाई कारबाही हुने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने र सहयोग पु¥याउने व्यक्ति, संस्था र त्यस्तो कार्य गर्ने अन्य समूहहरुलाई समेत कानुन बमोजिम कारवाही हुन्छ । तसर्थ त्यस्ता समूहलाई कुनै किसिमको सहयोग नगर्न अनुरोध गरिन्छ ।’

विप्लव समूह वा समूहका नेता कार्यकर्ताहरुबाट धम्की दिए तत्कालै प्रहरीलाई सूचना गर्न पनि गृहमन्त्रालयले अनुरोध गरेको छ । ‘यदि कसैले जबरजस्ती कोही कसैबाट आर्थिक सहयोग माग्ने, धम्की दिने कार्य गरेमा प्रहरीलाई तत्काल सूचना दिन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । विध्वंशात्मक समूहलाई आर्थिक सहगोग नगर्न तथा त्रास, धम्की र प्रलोभवनमा नपर्न पनि सचेत गराइएको छ ।

मन्त्रालयको विज्ञप्तिमा ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समूहले आतंककारी शैलीमा संविधान र कानुन विपरित विकास निर्माण एवं आन्तारिक र बाहृय लगानी समेतलाई हतोत्साही गर्ने गरी बम विस्फोट गर्ने, देशको भौतिक संरचनाहरुमा क्षति पु¥याउने, गराउँदै हिँड्ने काम गरिरहेको’ जनाएको छ । ‘निर्दोष जनताको हत्या गर्ने, आगजनी गर्ने, जबरजस्ती रकम असुल गर्ने, अपहरण गर्ने, विद्युतीय धरापको प्रयोगबाट सर्वसाधारण व्यक्तिलाई अंगभंग गर्ने गरिरहेको हुँदा उक्त समूहलाई आपराधिक तथा विध्वंशकारी घोषणा गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कानुन प्रदत्त हक अधिकार प्रयाृगमा बाधा पु¥याउने, निर्दोष जनताको हत्या गर्ने, जनजीवन आतंकित पार्ने, जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, राज्यविरुद्ध अपराध गर्नेजस्ता विध्वंशात्मक गतिविधि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विप्लव समूहलाई चन्दा दिनेलाई कारबाही गर्ने सरकारको चेतावनीले सवसाधारण व्यक्तिहरु काबाहीको भागी हुन सक्नेछन् । चन्दा नदिँदा वा सुरक्षा निकायमा सूचना दिँदा उक्त समूहको ‘कारबाही’ मा पर्ने र दिँदा सरकारको कारबाहीमा पर्ने दोहोरो मारको अवस्था उत्पन्न हुन सक्नेछ । तत्कालीन विद्रोही नेकपा माओवादीले जनयुत्तद्धमा यस्तै अवस्था भएको थियो ।

सरकारकाले विप्लवको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुको खोजी तिव्र पारिएको छ । प्रहरीले शुक्रबार मात्रै काभ्रेबाट विप्लव समूहको तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली सहित ९ जनालाई नियन्त्रणमा लिएको थियो ।