सवारी दुर्घटनामा परि वरिष्ठ गायक निशान भट्टराईको निधन।

काठमाडौं := सवारी दुर्घटनामा परि वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर हस्पिटलमा लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरिएको थियो। भट्टराई उहिले ४० को दशकमा गायनमा आएका थिए। उनी गजल गायकीका लागि निकै चर्चित रहेका थिए ।