सहर खाने कथा

144

होक्राँ गोरु, भित्तो फोरूँ, धर्तीमुनिको कथुरे गोरु, क्या हो ? 

ऊ बेलाँ स्वर्गमा आमन्त्रित दुर्वासा ऋषिको स्वागतमा बेजोड नृत्यको आयोजना गरियो । गन्धर्व र अप्सराहरूको नृत्य तारिफ योग्य थियो । नृत्य सकिएपछि पनि गन्धर्व र अप्सरामा नाचगानको नसा विद्यमान थियो । स्वर्गको स्वर्गीय मात, रस र उन्माद । कार्यक्रम सकेर सबै आआफ्ना ठाउँतिर जाँदा अकस्मात् एउटा गन्धर्वको खुट्टाले दुर्वासा ऋषिको खुट्टा छुन्छ ! दुर्वासा ऋषिको क्रोधको महिमा सबैमा विदितै छ । भगवान् श्रीकृष्ण र रुक्मिणी दुर्वासा ऋषिलाई भेट्न यमुनापारि जानुभयो । रुक्मिणीले दुर्वासा ऋषिलाई आफ्नो घर आमन्त्रण गर्नुभयो । 

दुर्वासा ऋषि के कम, आदेश दिनुभयो, ‘तिमीहरू जोईपोई मिलेर मलाई रथमा राखेर घोडाझैँ जोतिएर तानेर लैजान्छौ भने म जाउँला’ ! प-यो कि फसाद ! भगवान् श्रीकृष्ण दुर्वासा ऋषिको शिष्यसमेत भएका हुनाले गुरुआज्ञा उल्लंघन गर्ने कुरै आएन । श्रीमान्ले सम्मति जनाएपछि रुक्मिणी फन्दामा पर्नुभयो । जसोतसो श्रीमान्का भरले ऋषिको रथ तानेर लैजाने हिम्मतले रुक्मिणी रथको घोडामा जोतिनुभयो । भगवान्लीला, रासलीला, ऋषिलीला त्रासलीला ! अलिक अगाडि पुगेपछि रुक्मिणीको पसिना छुट्यो ! 

रथ तान्दातान्दै रुक्मिणीलाई गाह्रो हुन थाल्यो । उहाँ बीचैमा रथ छाडेर भाग्नुभयो । अब ऋषिलाई पुगिगयो नि ! तुरुन्तै श्राप दिनुभयो, ‘तिमीहरू सधैँ छुट्टिएर रहनु परोस्’ ! त्यही भएर भगवान् श्रीकृष्णसँग ‘रुक्मिणी’ नभएर ‘राधा’ साथमा हुनुहुन्छ, यस्तो जनश्रुति छ । भगवान्लाई त श्राप वर्षा गर्ने दुर्वासा ऋषिले मामुली गन्दर्वलाई क्षमा दिने कुरै आएन ! तुरुन्तै श्राप बक्स भयो ‘तँ आज उपरान्त पृथ्वीमा !’

ऊ बेलाँ कुनै एफ.एम.रेडियोको डाडुपन्यूँ आफ्नै हातमा थियो । हुकुमी देशको रेडियो हुकुमी पाराले नै चलाइन्थ्यो । इर्कीमिर्की दूधकी छिर्की चाँपे लौरी गोठू गाई भनेझैँ ! जसको पालामा टुंगियो उसैलाई कार्यक्रम भल्न लगाउने ! बाहिरबाट देख्दा साह्रै प्रजातान्त्रिकजस्तो देखिन्थ्यो तर भित्रको मेरो हुकुमी दबदबा ! अघिल्ला दिनसम्मको कार्यक्रम भोलि छैन ! किन ? मलाई मन परेन ! कता कता ममा पनि दुर्वासाकै सन्तानको गुण ! 

एक दिन एकजना भाइलाई एउटा ‘पप’ कार्यक्रम चलाउन हुकुम दिएको राम राम राम राम ‘! हाँसेर मरिगएँ ! रेडियोमा हुकुम ठोक्नुअघि प्रभात रिमालले ‘ट्रेनिङ’ दिँदा भाषाबारे यसो भनेका थिए, ‘मैले तिम्लाई फस्टाइम लुक्दा तिमी न्यूरोड क्रस्दै थियौ । त्यै टाइमदेखि मैले तिमीलाई लब्न थालेको !’ सगरमाथा एफएममा सुगम पोखरेलले नयाँ पुस्ता भन्ने कार्यक्रम चलाउँथे । सुगम पोखरेलको ‘नयाँ पुस्ता’ र मेरो रेडियाको नयाँ केटो खै के मिलेन मिलेन ! भाइको कार्यक्रम बीचैमा रोकेर बाहिर बोलाएँ र ‘हेर बाबू, यो रेडियो हो, यस्तो नेपांग्रेजी बोली खेल्ने ठाउँ होइन !’ भनेँ । 

बिचरा भाइ, निन्याउरो मुख लगाउँदै घोसे मुन्टो लगाएर उभिइरहे ! मैले हुकुम दिएँ, ‘राम्रो नेपाली बोल्न नआउञ्जेल यताको बाटो बिर्सिनू !’ भाइ के कम ! उसै दिन हाँक्किएर अर्को एफएम पुगेछन् ! अर्कै दिन फेरि त्यसैगरी एउटा केटो एफएममा कराउँदै छ ! मैले दीपकलाई फोन गरेँ, ‘होइन ए ओली त्यो भाइ फलाना एफएममा बास्न थालेको हो र ?’ दीपकले हाँस्दै भने, ‘हो सर, त्यै भाइ हो । त्यसको कार्यक्रम त हिट खालाजस्तो छ ! सरलाई भनौँला भन्दाभन्दै कारबाही चलाउनुभयो, अहिले सहरमा यस्तै कार्यक्रमको ‘डिमाण्ड’ छ !’ म ट्वाँ !

गाउँ खाने कथा भुराभुरी छँदाको ‘सुनकेस्रे रानीको कथा’ पछिको फेब्रेट ! अहिलेको पुस्ताले त्यसबेलाको सुनकेस्रे रानी र गाउँ खाने कथा दुइटै चिन्दैनन् । सुनकेस्रे रानीसँग कोही–बेलाँ’ चिनजान गराउँला । आज भने गाउँ खाने कथाको कुरा गरौँ । यो कथा ठ्याक्कै कथा जस्तो होइन । यो कथा कार्यक्रममा दुई पार्टी अथवा व्यक्ति हुनुपर्छ । एउटाले प्रश्न गर्ने र अर्कोले उत्तर दिनुपर्ने हुन्छ । हास्यात्मक पाराले, प्रतीकात्मक पात्र इत्यादिको समेत प्रयोग गरेर प्रश्न सोधिन्छ । प्रश्नको सही जवाफ दिन ३ पटकको मौका दिइन्छ । तीनपटकमा पनि नमिलाए त्यसको बदलामा एउटा ‘गाउँ’ दिनुपर्ने हुन्छ । 

गाउँ दिएपछि प्रश्नकर्ताले त्यस गाउँको राम्रो सबै आफूले राख्छ भने नराम्रो चाहिँ उत्तर नमिलाउनेलाई जिम्मा लगाउँछ । यसपछि पनि पुनः एकपटक सही जवाफ दिने मौका दिइन्छ । यो प्रक्रियालाई गाउँ खाने कथा भनिन्थ्यो । यसमा जुन पक्षले धेरै गाउँ जम्मा पार्छ जित उसैको हुन्थ्यो ! गाउँ खाँदा कहिलेकाहिँ ‘डिमाण्ड’ पनि गरिन्थ्यो । एकपटक मैले जित्ने निश्चित भएपछि ‘काठमाडौं’ गाउँको ‘डिमाण्ड’ गरेँ । विपक्षी राजी भएनन् । 

मैले सुनेको थिएँ काठमाडौंमा झिलिमिली बिजुली बत्ती बल्छन्, राजाको दरबार छ इत्यादि ! राजधानी नै जितेपछि अर्को गाउँ किन चाहियो र ! विपक्षीको तर्क थियो ‘काठमाडौं’ गाउँ होइन, सहर हो ! मैले कसै गर्दा पनि काठमाडौं नछाडेपछि विपक्षी कायल भएर काठमाडौं मलाई अर्पिए ! आज सम्झँदा लाग्छ साथीहरूलाई मलाई यत्रो सहर जिम्मा लगाउने ‘ट्रष्ट’ थिएन ! होस् पनि कसरी ?

भुराभुरीदेखि नै सहर ताक्ने मान्छे, समयले हल्लाउँदै खेलाउँदै सहरैसहर नचाउन थाल्यो । एकजना आफन्तले एक दिन अचानक फोन गरेर भन्नुभयो, ‘होइन तैँले त काठमाडांै खर्लप्पै खाइस् अरे भन्ने हल्ला पो छ त !’ मलाई उसबेलामा साथीहरूलाई हायलकायल पारेर काठमाडांै खोसेको सम्झना आयो अनि भनिदिएँ, ‘सानैदेखि गाउँको सट्टा सहर नै खाने बानी परेको !’ ओठे जवाफ मलाई निक्कै आउँथ्यो, अझै च्याम्पियन नै छु !

गएर मुसो भएर बाँचेस् ! दुर्वासाको श्राप, गन्धर्व विचरा च्याँ पनि गर्न पाएन ! मुसो भएर पृथ्वीमा उद्दण्ड उत्पात मच्चाउन थाल्यो । यस्तो उपद्रवी मुसो त कहिल्यै देखिएको थिएन । जस्तै पहाड पनि खोलेर पुर्लुकपुर्लुक लडाउँछ । सबै कायल भए । के गर्नु ! मुसो भनेर हेपिसक्नु छैन ! विधाताले सबैको जोहो गरेर राखेको हुन्छ । 

यता यो श्रापित गन्धर्वको दगदगी चलिरहेका बेलामा उता कैलाशमा भने गणेश वाहन नभएर शिवसँग गनगन गर्दै थिए, ‘बा एउटा थोत्रो थोत्रो भए पनि साइकल किन्देऊ न यार, यत्रो ठूलो शरीर लिएर हिँड्दाहिँड्दा थाकिसकेँ ! कि त मलाई अग्रपूजनबाट हटाएर अन्तिममा पु-याऊ होइन भने त सुरुमै बोलाउँछन्, हाँप र झाँप गर्दै कुद्नुपर्छ । हैरान भएँ, मलाई एउटा वाहन त चाहियो चाहियो ! 

शिवले यसो आफ्नो साँढेतिर हेर्नुभयो । आशलाग्दा आँखाले फेरि गणेशतिर हेर्नुभयो र भन्नुभयो, ‘हेर् केटा, तँलाई साइकल किनिदिने भएको भए म आफैँ चाहिँ किन्दिनथेँ होला र ? तेरी आमालाई एउटा सबैभन्दा पहिला किनिदिने थिएँ । बिचरीलाई त्यत्रो सिंह सदाउन कत्रो मेहेनत गर्नुप-यो होला ? त्यो दुःख तैँले बुझेको छस् ? अनि मैले यो साँढे सदाउन कति पापड बेलेँ हुँला ? मुला ! कुरा गर्छ साइकलको !’ धन्न त्यतिबेला बल्लतल्ल साइकलसम्म बनेको रहेछ, मोटरसाइकल मागेको भए गणेशको के हालत हुन्थ्यो होला ! सहर विकास हुनै बाँकी थियो, सबै कथा यहीँ टुंग्यायो भने अर्को अंकमा के लेख्नु ? सहर विकास हुन दिऊँ न अलिक दिन अनि पो सहर खान मजा पनि आउँछ !

गणेश हिम्मती भएर नै त अग्रपूज्य भएका हुन् त ! फेरि बाउसँग बार्गेनिङ गर्न थाले, ‘साइकल नभए अर्थोक केही भए पनि दिनुप-यो, होइन भने आधा घण्टाभित्र ‘अग्रपूज्य’ बाट मेरो राजीनामा आउँछ !’ यसपटक अलिक कडा अस्त्र प्रयोग गरिदिए, गणेशले । शिवजी सोच्न बाध्य भए । एकैछिनमा शिवलाई पनि गणेशसँग खेल्ने सुर आएछ । मनमनै ‘यसलाई तह लगाउनुप-यो भन्दै गणेशलाई भनेछन्, ‘अलकापुरी मास्तिर भट्टेडाँडामा एउटा मुसाले उपद्रव मच्चाउँदै छ भन्ने खबर आएको छ, जा त्यै मुसो सदाएर चढ् !’ गणेशले फेरि भने, ‘त्यो मुसो समाउनुपर्ने हो भने मलाई अलकापुरीसम्म ‘लिफ्ट’ चाहिन्छ !’

ल न त भनेर शिवले गणेशलाई लिफ्ट दिएर पशुपतिसम्म ल्याएछन् र गणेशलाई भनेछन्, ‘लु जा अब त्यो मुसो समातेर मलाई देखा, म यहीँ पर्खेर बस्छु, तँ नआउञ्जेल !’ त्यही दिनदेखि भगवान् शिव पशुपतिनाथ भएर बाग्मती किनारमा बस्नुभएको रे ! उता गणेशको वाहन प्राप्त गर्ने हौसला ! धेरैतिर खोज्दा पनि मुसो भेटिएन । गाउँलेलाई सोध्दा गाउँले भन्छन् ‘कैले कहाँ कैले कहाँ देखिन्छ तर एक दिन देखिन्छ !’ गणेशको हौसला मरेन । 

एकदिन कसो कसो सूर्यविनायकको डाँडामा बसेर दुर्बिन लगाएर मुसो हेर्दा हेर्दै मुसो त अचानक बनेपातिरबाट हुँइकिएर चुच्चेडाँडो गर्लम्मै लडाएर (हालको साँगा भञ्ज्याङ) खौलो पारेर भक्तपुरतिर आयो ! गणेशले मुसो आउनासाथ ‘प्लाष्टिक’ को डोरीले खुत्रुक्कै पारेर पुच्छर अठ्याए ¤ मुसो ताउर र माउर गर्न थाल्यो । गणेशको डोरी धेरै बलियो ! मुसालाई तानेर सूर्यविनायक डाँडामाथि ल्याएर गणेश ढ्याप्प मुसामाथि बसे ! त्यसैको सम्झनास्वरूप निर्माण गरिएको मन्दिर अहिले सूर्यविनायक नामले प्रसिद्ध छ । 

मुसो के कम ! बुरुक्क–बुरुक्क बुर्कुसी मार्न थाल्यो ! गणेशले कान अठ्याएको भए पनि मुसो उफ्रिन छाडेन ! बुरुक्क उफ्रिएर कमलादी पुग्यो, त्यहाँ कमलविनायक बन्यो, फेरि फड्किएर बुङमती पुग्यो, त्यहाँ कार्यविनायक भयो, यसै रीतले जहाँ जहाँ मुसो फड्कियो त्यहाँ त्यहाँ मन्दिर बने । अन्तिममा वसन्तपुरमा मरणासन्न हुने गरी बजारियो । अहिले पनि त्यसलाई ‘मरुविनायक’ भनिन्छ ! मरो कि बाँचो थाहा नभएर ‘मरोंवा’ अपभ्रंश भएर ‘मरु’ भयो !

उपरान्त पानीको छट्पटीले उछिट्टिएर चोभार पुग्यो, त्यहाँ जलविनायक भयो ! त्यहाँ पानी खान थालेको मुसो अझै फर्किएको छैन । गणेश मुसो सदाएर दंग ! बाउआमा पशुपतिमा पर्खेको पख्र्यै, गणेश उतै मुसासँग दंग ! यो वाहन र सहरको नशा उस्तै होला ! आफूले चाहेको कुरो पाएपछि किन आमाबाउ चाहियो ! गाउँमा बुढाबुढी आफ्ना सन्तान ‘सहर’ मा छन् भनेर टिल्पिलाउँदा आँखा लिएर पर्खिरहेका, उता हामी चाहिँ मुसो सदाउँदै सहरमा दंग !

मजस्ता कति युवा तन्नेरी बैंस तह लगाउन र भाग्य लल्कार्न आज पनि सहर आउँदैछन् । उम्लँदो जोस अनि डाँडाकाँडा सम्याउने हिम्मत ! उमेरलाई रोकेर राख्ने क्षमता यदि हुन्थ्यो भने आज संसारमा सबै मान्छे २० देखि ३५ वर्षका हुने थिए ! सहर सपना हुन्छ, गाउँमा । सहर पुगेर आएको मान्छेलाई भेटेर आउँदासमेत आफ्नो ‘डिमाण्ड’ ‘हाई’ भएको भान हुन्थ्यो कुनैबेला । हुँदा हुँदा एउटा सहरबाट अर्को सहरको घाम ताप्ने क्रमले अझै विश्राम लिएको छैन जिन्दगानीमा । सायद उसबेलामा ‘काठमाडौं’ नखाएको भए यो लत लाग्दैनथ्यो होला । 

सहर सपना निल्ने ठाउँ रहेछ । हामी सपना पाल्छौँ, सहरले सपना निल्छ, परिश्रम चुस्छ, पसिना निथार्छ, रगत सोस्छ र एउटा ‘सहर खाने’ वर्ग पोस्छ । यो विडम्बना भोगेर मात्रै थाहा पाइँदोरहेछ ! आज ‘हिजोको म’ जस्ता आजका जवानहरू ‘सहर खाने’ कथाका सिकार भइरहेको देख्दा दुःख लाग्छ तर उतिबेला मलाई पनि यसरी नै अर्ती गर्ने ‘दाइ’ वर्ग थियो, जुन मलाई पटक्कै मन पर्दैनथ्यो । 

र, अन्त्यमा, सुरुमा सोधिएको गाउँ खाने कथा को उत्तर हो : ‘मुसो’ ।

(अष्टेलियाबाट)