साउदीमा एजेन्ड द्वारा श्रम शोषणमा परेका ६ जना मजदुरले पाए पारिश्रमिक।

1449

रोजगारीको शिलसिलामा दुइ वर्ष अगाडि साउदी पुगेका भोजपुर किमालुङका राम प्रसाद राइ सुनसरी भा.सि.का डिल्लीराम खत्री सुनसरी सिन्दियाका मनोज कुमार थापा झापाका केराबारिका चुडामणि अधिकारी झापा तोपगाछिका इश्वरी ढकाल र मोरङ केराबारिका सुमन तामाङ साउदीमा गएको कम्पनीमा भने जस्तो सेवा सुविधा नपाए पछि कम्पनी छोडेर अवैधानिक भएर एक नेपाली एजेन्ड राजेश लिम्बु को सम्पर्कमा उसैले भनेको कम्पनीमा काम गर्दै आएका थिए तर काम गरेको ४ महिना सम्म पनि पटक पटक पारिश्रमिक माग्दा पनि राजेशले पारिश्रमिक दिएनन बरु थर्काउने धम्काउने लगाएतका हर्कत हरु गर्न थाले पछि पीडितहरु न्यायको लागी एक भिडियो मार्फत मिडियामा आएका थिए ।

सोहि भिडियो लाइ आधार मानेर नवगठिन नेपाली मजदुर एकता केन्द्र मलेशियाका महासचिव दिलिप भट्टराई र संस्थाकै अर्का एक सदस्य देव बहादुर पुन र अध्यक्ष तेजबहादुर कार्किले संस्थाको तर्फबाट पहल गर्ने काम भएको थियो । प्रवासी नेपाली एकता मंच साउदी अरबको तर्फबाट पनि तत्काल दूतावास सग श्रमिक ठगिमा परेको भन्दै युक्त मुद्दा बारे दूतावासको ध्यानाकर्षण गराउने काम भएको थियो ।

साउदी मै कार्यरत मंचका केन्द्रीय सदस्य कमल खरेलको सहयोगमा पीडित हरु संग लगातार सम्पर्क गरि पीडित हरुलाइ पारिश्रमिक दिलाउनको लागी पहल गर्दै आउनु भएको थियो । यसैक्रममा साउदी स्थित नेपाली राजदुतावाको समन्वयमा दूतावासको तर्फबाट हरि घिमिरेको उपस्थितिमा दुइ महिना अगाडि काम लगाइ पारिश्रमिक उपलब्ध नगराउने राजेश लिम्बु र पीडित हरु बिच केहि पारिश्रमिक तत्कालै उपलब्ध गराउने र बाकी रहेको रकम अगस्त १८ तारीख भित्र उपलब्ध गराउने सहमति भएको थियोे ।

विविध कारणवश १८ तारीख पारिश्रमिक उपलब्ध गराउन नसकेको भनी थप तिन दिनको समय राजेश ले मागेका थिए, सोहि सहमति अनुसार हिजो २१ तारिख पीडित कामदारले पाउनु पर्ने एक मुस्ठ रकम साउदी रियल २३,६३३/- सात लाख रुपैया आज उपलब्ध गराएका हुन आफुले पाउनु पर्ने सम्पुर्ण पारिश्रमिक पाए पछी पीडित मनोज कुमार थापाले आफुहरुले संस्थाको सहयोगमा नै माया मारिसकेको थियौ अहिले रकम पाएकोमा आफुहरु खुशी भएको धारणा व्यक्त गरेका थिए । साथै यसरी नै आफुहरु जस्तै पीडितको न्यायको पक्षमा आगामी दिनमा पनि काम गर्ने विश्वास लिएको समेत बताएका छ्न । संस्थाको सहयोग नभएको भए आफुहरुले पारिश्रमिक नपाउने भन्दै पीडितहरु ले आभार व्यक्त गर्दै धन्यवाद समेत दिएका छ्न ।