साउदी अरब बाट क्यान्सर पिडित मिन ब परियारको उपचारमा आर्थिक सहयोग

338

क्यान्सर पिडित पर्बत जिल्ला कुस्मा नगरपालिकाका–३१ वर्षीय मीनहादुर परियार (खड्का) को सहयोगार्थ साउदी अरबमा कार्यरत नेपालीहरु ले आर्थिक सहयोग गरेका छन्। साउदी बाट ने.रु ८५६०५(अपेरक्षि पचासी हजार छ सय पाँच) सहयोग गरिएको हो।

मिन ब परियारको परिवार ले उनको उपचार काठमाडौं स्थित ग्राण्डी अस्पताल पछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदा झन्डै ५५ लाख रुपैयाँभन्दा बढी खर्च भई सकेको र अझै पनि उनको उपचार चलीरहेको ले आर्थिक समस्या देखिएको ले पत्रकार रामकृष्ण लामिछाने को पहलमा आर्थिक सहयोग अभियान सुरु गरिएको थियो ।हाल सम्म सहयोग अभियान मा १८ लाख भन्दा बढी सहयोग संकलन भएको जनाइएको छ।

भदौ २५ मा सहयोग अभियानका अभियन्ता पत्रकार रामकृष्ण लामिछाने,नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्र जोशी,नेत्री राधा कुमारी कुँवर,पत्रकार महासंघ पर्बतका अध्यक्ष छबिलाल तिवारी को उपस्थितिमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरु बाट संकलित ११ लाख ७४ हजार रुपैयाँ को चेक हस्तान्तरण गरिएको थियो।

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत रहेका मिन ब परियार का छिमेकी राम ब  खवास को पहल र सामाजिक अभियन्ता नेपाली साझा मंचका दमाम क्षेत्रिय अध्यक्ष अन्जान गुभाजु समेतको सक्रियतामा साउदीमा सहयोग संकलन गरिएको थियो।

सहयोग अभियान मा सक्रिय सामाजिक अभियन्ता अन्जान गुभाजु ले ‘मानबता को सेवा नै सर्बोतम धर्म हो’ भन्ने मूल मन्त्र लाई आत्मासात गर्दै अभियानमा हातेमालो गर्ने नेपाली साझा मंचका सदस्यहरु लगायत नेवा:समाज साउदी अरब को आयोजनामा सम्पन्न क्वाटी पुन्ही तथा गाईजात्रा कार्यक्रम मा सहयोग संकलन गरिएको र सो कार्यमा साथ् दिने नेवा:समाज,साउदी अरब साथै सम्पूर्ण सहयोगीहरु मा एकमुष्ठ धन्यवाद दिन चाहेको जनाए। साउदी बाट संकलित रकम भदौ २५ मा सम्पन्न कार्यक्रममा हस्तान्तरण गरि सकिएको समेत उनले जनाएको एनए मिडियामा खबर छ ।