साउदी अरेबियामा रहेका नेपाली कामदारको समस्या समाधान गर्न आग्रह ।

काठमाडौँ:=करिबकरिब ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छ्न । बेलाबखत वैदेशिक रोजगारीका विभिन्न समस्याहरु देखा पर्ने गर्दछन ।
सोही सन्दर्भमा गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधान गरिदिन साउदी अरेबियालाई आग्रह गरेका छन् ।  

शिष्टाचार भेटका लागि बुधबार मन्त्रालयमा आएका साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम अल मारवानीसँग मन्त्री थापाले ठुलो संख्यामा रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधानमा गरिदिनु हुन आग्रह गरेका हुन ।

अहिले अरेबियामा मात्रै तीन लाख बढि नेपाली वैदेशिक रोजगारीमा छन् ।राजदूत मारवानीले साउदीमा रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको बताएका गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले सञ्चारकर्मीलाई बताए ।

मन्त्री थापाले गत वर्ष हजमा जाने हाजीहरुको संख्या ३ सय थप गरिदिएकोमा साउदी सरकारलाई धन्यवाद दिए । जवाफमा राजदूत मारवानीले हजमा जानेहरुको संख्या अझै बढाउन आफुले पहल गर्ने बताएका थिए ।
भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।