सामाजिक मूल्यमान्यता र नैतिकता

नैतिकता शुद्ध मनको त्यस्तो आदेश एवं विचार हो जसले व्यक्तिका हरेक क्रियालाई राम्रो गर्नका लागि निदेर्शित गर्छ । यो कुनै धार्मिक, सांस्कृतिक, मौलिक, सामाजिक कानुनी मान्यताभन्दा माथि हृदयबाट निस्कने राम्रो सोच हो । नैतिकता दिशानिर्देश सिद्धान्तहरूसँग सम्बन्धित छ जसले निर्दिष्ट नियमका आधारमा गरिने कार्यहरू वा व्यवहारलाई जनाउँछ । यसैगरी व्यक्ति वा संगठनका लागि नैतिक आचरण पालना गराउने उद्देश्यले बनाइएका नियमद्वारा निर्देशित एवं स्वीकार्य कार्यलाई व्यवहारमा लागू गर्नु नै नैतिकता हो ।

व्यक्तिको नैतिकता र विचार उनीहरूको वरिपरिको वातावरण तथा सामाजिक मान्यताद्वारा निर्देशित हुन्छ । नैतिकवान् ‘सही’ र ‘गलत’ के भन्ने बारेमा व्यक्तिको विचारलाई प्रतिनिधित्व गर्छ । तिनीहरूलाई प्रायः नैतिक प्रणाली र मार्गनिर्देशनले विचारहरू तयार हुने गराउँदछन् । नैतिकवान् व्यक्ति सत्य कुरा गर्छ र सत्यको मान्यतालाई आत्मसात गरी सबैभन्दा राम्रो उद्देश्यका साथ अगाडि बढिरहेको हुन्छ ।

नैतिकता नैतिकभन्दा भिन्न छ । यो समाज संस्कृति, सामाजिक मूल्यमान्यता, नीतिनियमको कसीद्वारा निर्देशित हुन्छ । अर्काे अर्थमा नैतिकता कुनै संस्थाको आचारसंहिता जस्तो पनि हो । वकिलले अदालतलाई उसको क्लाइन्ट (ग्राहक) निर्दोष छ भन्छ । उसले आप्mनो क्लाइन्टलाई न्याय दिलाउने उद्देश्यले व्यावसायिक नैतिकताको आधारमा काम गरिरहेको हुन्छ । उसलाई आप्mनो क्लाइन्ट गलत छ भन्ने थाहा हुँदाहुँदै क्लाइन्टको विशेषाधिकारको संरक्षण गर्छ । 

नैतिक वा नैतिकता जे भने पनि समाजमा सकारात्मक परिवर्तनका लागि प्रयोग गरिने शब्द हुन् । यसले व्यक्तिगत, सामाजिक र उत्तरदायित्वको अवधारणाको पक्षलाई समेट्छ । यस सोचका साथ अगाडि बढेका मानिसको कार्यले समाजमा सामन्यतया सकारात्मक लाभहरू ल्याउँदछ । समाज तथा समुदायको मान्यता स्थानीय सांस्कृतिक मूल्यलाई अनुसरण गरी समाजलाई अनुशासित र सुसंस्कारयुक्त बनाउन निर्देशित गर्छ । अर्काे अर्थमा नैतिकताले व्यक्तिलाई मबाट हामीमा पु¥याउँछ भने व्यक्तिगत रूपमा सामाजिक उत्तरदायित्व बहन गर्न प्रेरित गर्छ । 

केही समयपहिले कृष्णबहादुर महराको मुद्दामा बहस गर्न गएका केही वकिलहरूको नाममा सामाजिक सञ्जालमा व्यापक रूपमा नैतिकताको प्रश्न उठ्यो । पछिल्लो चरणमा सामाजिक सञ्जालमा नैतिकताका धेरै बहस आउने गरेका छन् । सबैभन्दा पछिल्लो घटना, शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा फूलको व्यापक प्रयोग गरी बेहुलीसरी झपक्कै सजाइएको थियो । शिवरात्रिको दिन फूलको सजावटका विषयमा अत्यन्त चर्चा परिचर्चा भयो । त्यसको लगत्तै श्रदालुहरूले नै गलत ढंगबाट फूललाई झिकेर लगेको विषयले सबै सामाजिक सञ्जाल, टेलिभिजन र छापामा ठाउँ पायो । दर्शनार्थी भक्तजनलाई बाँदरको उपमा दिइयो । 

यहाँ फूल सजावटका लागि प्रयोग गरिएको फूल झिक्नु र लैजानु नैतिकताभित्र नपर्ने विषय हुँनै सक्दैन । सोही विषयमा प्रतिक्रिया दिने सचेत नगरिकको क्रिया प्रतिक्रिया, लेखाइ र प्रस्तुति फेरि कति नैतिकताभित्र थियो यो आफैंमा गहन सोचनीय विषय छ । 

बाटोमा प्लाष्टिकको कपमा चिया खाएर त्यतिकै फाल्ने एक भलादमी मानिस होस् वा पानी पिएर पानीको बोटल या चक्लेटको खोल बाटोमा फल्ने मानिस आफू कुन नैतिकतामा रहेर व्यवहार प्रस्तुत गरिरहेका छौं ? यो आफैंमा एउटा सोचनीय व्यवहारगत नैतिकताकै प्रश्न हो । 

शहरका हरेक मोटरबाटोहरूमा जहाँ पायो त्यहीँबाट जहिले पायो त्यहिले बाटो काटिरहेको देख्न पाइन्छ । अझ उदेक लाग्दो पक्ष त जहाँ बाटो काट्नको लागि पुल बनाइएको छ सोही पुलमुनिबाट बाटो काटिरहेको देख्छौं । जहाँ पायो त्यहीँ गाडीबाट ओर्लेको र जहाँ पायो त्यहीँ हात उठाउँदै गाडी रोकेर चडेको देख्न सकिन्छ । यहाँ कसैलाई पनि नैतिकताको प्रश्न र जिम्मेवारीको भान हुँदैन । 

झनै महŒवपूर्ण विषय त के हो भने यसरी बाटो काट्ने, जहाँ मन लाग्यो त्यहीँ गाडी रोकेर ओर्लने कुनै अशिक्षित तथा गाउँबाट पहिलोपटक शहर आएको नियम कानुन र विधि थाहा नपाएको मानिस होइनन् । तिनै व्यक्तिहरू हुन् जो सचेत, शिक्षित सभ्य समाजको कल्पनामा अरूलाई असभ्य र गैरजिम्मेबार देख्छन् । फेसबुक, ट्युटर, इमो, युटुबलगायत अन्य सञ्चार माध्यममा विभिन्न विषयमा ज्ञानमूलक र सन्देशमूलक जानकारी पस्किने सभ्य व्यक्तिहरू के साँच्चिकै अरूमाथि प्रश्न उठाए जत्तिकै आफूमा नैतिकवान छन् त ¤ 

गाडी कुदाइरहँदा के आफूले लेनको नियम पालना गरेका छौं त ? मानिस हिँड्ने पेटीमा मोटरबाइक कुदाउने एक सचेत नगरिक पेटीमा पसल राख्नेलाई अनैतिक देख्छ । एक बटुवा पेटीमा पसल राख्नुलाई गैरकानुनी मान्छ तर आफैं बाटो काटिरहँदा जेब्रा क्रस, ट्राफिक बत्ती वा ट्राफिक पुलिसको निर्देशन मान्दैन । एक सभ्य कारवाला बाटो फोहोर भएकोमा चिन्ता गर्छ तर आफैं चकलेट वा पानीको बोटल विनासंकोच बाटोमा फाल्छ । हरेकले अरूलाई नैतिकताको पाठ पढाएको पाइन्छ तर आफूले पालना गर्नुपर्ने सामान्य नियमको परिधिमा आफू बसेर अरूलाई प्रश्न गर्दा साँच्चिकै नैतिकता र यसबारेमा उठाएका प्रश्नहरूले आफैँ सार्थकता पाउने थिए कि ¤

म आफू पनि सफाइ अभियानमा सहभागी हुनेगर्छु । सफाइ अभियानमा सहभागीभन्दा सामाजिक सञ्जालमा प्रचारका लागि फोटो खिच्नु पहिलो प्राथमिकता हुनेगर्छ । सफाइको भन्दा व्यानरको साथमा आफ्नो फोटो देखाउनकै लागि अभियानमा सहभागिता हो जस्तो भान हुन्छ । सफाइ अभियानको एउटा पक्ष निक्कै राम्रो लाग्छ त्यो के भने आफ्नो घर र घर वरिपरि कहिल्यै फोहोर नछुने व्यक्ति पनि त्यसमा सहभागी भई एक दुईवटा भए पनि फोहोर उठाउन लाग्छन् । 

अझ रमाइलो पक्ष के छ भने सफाइपछि पानी खाँदै गर्दा पानीको बोतलको सिल गरिएको प्लाष्टिक त्यही बाटैमा फाल्दछन् । केही अभियानमा संलग्नहरू चकलेटको खोल, पानीको बोटल त्यही बाटैमा फालिरहेका हुन्छन् । आफूले केहीछिन पहिले तिनै प्लाष्टिकका टुक्रा संकलन गरेको कुरा पनि उनीहरू बिर्सन्छन् । 

एकपटक कुरैकुरामा एकजना पर्यटन व्यवसायी मित्रले नेपालमा युरोपियन, अमेरिकन, जापानिज वा जुनसुकै देशका पर्यटक सुरुको एकहप्ता बाटोमा थुक्दैनन्, चक्लेटका खोल, पानीको बोटल, टिष्यु पेपर सबै डसबिनमै खोेजेरै हाल्छन् यदि डसबिन पाएनन् भने झोलामा बोकेरै भए पनि बेलुका होटलको डसबिनसम्म पु¥याउँछन् भनेका थिए । यदि एकहप्तभन्दा बढी बसे भने उनीहरू पनि नेपाली जस्तै भइहाल्छन् । उसको भनाइबाट लाग्छ यहाँ जसलाई जे गर्नको लागि पनि छुट छ । त्यसैले विदेशी पर्यटकहरू पनि आफ्नो दैनिक जीवनको नियमित प्रक्रियामा नेपाल बसुन्जेल कुनै पनि अनुशासनको पालना गर्दैनन् । 

पहुँच भएमा अस्पतालको टिकट काट्नदेखि डक्टरलाई भेट्न सर्वसाधारणले झैँ लाइन बस्नु पर्दैन । सवारी चलाउँदा लेनको पालना गर्नु पर्दैन । खाने पानी बिजुली बत्ती जडानदेखि सडक निर्माण र मर्मतसम्ममा कुनै नीति नियमको पर्वाह नगरी सोझै हुने गर्छ । योजना आयोगले योजना तर्जुमा र कार्यक्रम बाँडफाँडमा कुनै विशेष नियम र परिधिको पालना नगरी पहुँचको आधारमा आपूmलाई मनलागेको ठाउँमा कार्यक्रम र योजना लैजान सक्छ । 

यस्ता हरेक कार्य संस्थागत, संरचनागत र व्यक्तिगत नैतिकतासँग जोडिएका विषय हुन् । कसले कस्तो नैतिक आचरण प्रस्तुत ग¥यो यो पँहुच र शक्तिको आधारमा फरक जस्तो लाग्ला । तर, पछिल्लो समयमा आएर हरेक नेपालीहरू आआप्mना ठाउँमा आफ्नो क्षमता र हैसियतअनुसार अनैतिक काम गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् । 

आम नेपालीको व्यवहार नेपाली उखान ‘आफ्नो आँङमा भैँसी नदेख्ने अर्काको आँङमा जुम्रा देख्ने’ जस्तै भएको छ । हरेक नेपालीले आफ्नो दायित्व र जिम्मेवारीमात्रै होइन नैतिकता पनि भुलिसकेको जस्तो देखिन्छ । सबै अरूको बारेमा हजारवटा सवालहरू उठाउनसक्ने भएका छन् । तर, आफ्नो कर्तव्य, जिम्मेवारी र नैतिकतालाई अनुसरण गरी नियम पालन गरिरहेका छौं त ? यो एउटा गम्भीर प्रश्न हो ।