सुमधुर आवाजको जादुले दर्शक क्ष्रोताको मन जित्दै गायिका सुजना रुम्बा ।

1128

काठमाडौं := पछिल्लो समय नेपाली गित संगित तथा कलाकारिता क्षेत्रबाट भबिष्य खोज्ने कलाकारहरु अनगिन्ती छन्। त्यहीँ भित्रबाट एक उदयमान चम्किला तारा हुन गायिका सुजना रुम्बा तामाङ ।

केही गितहरुमा आफ्ना सुमधुर आवाजको जादुले दर्शक तथा स्रोताहरुलाई मोहनी लगाइ सकेका सुजनाको पछिल्लोपटक “लौन यो च्याङ्बाले” भन्ने बोलको नयाँ गित भर्खरै युट्युबमा सार्वजनिक भएको छ।

ओएसआर डिजिटल म्युजिक प्रालीको अफिसयल युट्युब च्यानलबाट बजारमा आएको गितलाई फुसिएन डान्स एण्ड ड्रेस हाउसले प्रदर्शन गरेको छ।

टीका बम्जनको शब्द तथा संगित रहेको गितमा एरेन्ज पवन बङ लामा तथा निर्देशन भने राज कुमार थिङले गरेका छन्। गितमा कृसला थिङ तथा राज कुमार थिङको बेजोड अभिनय रहेको छ।

तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नसक्नु हुनेछ।

https://www.youtube.com/watch?v=LGgy72aCQ0w&feature=share