सुर्ती सेवनले क्यान्सरसँग संघर्ष

115

काठमाडौं । बुटवलका पोखरेल थरका एक व्यक्रि ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा प्राणघातक रोग क्यान्सँग लडिरहेका छन् । उनी ३५ वर्षका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । 

उनको घाँटीभित्र कतै अलिअलि दुख्थ्यो तर वास्ता गर्दैन थिए । उनी सुर्ती सेवन गर्थे । दुखाइ बढ्दै गएपछि अस्पताल गए । क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरहरूले उनलाई निकै ढिलो भएछ भनेका छन् । 

सोलुखुम्बुका ५६ वर्षीय एकजना शेर्पालाई फोक्सो क्यान्सर छ । उनी अस्पतालमै छन् । उनलाई खोकी लाग्ने गरेको धेरै वर्ष भयो । उनी सुर्ती सेवन गर्थे । खोकी लागे पनि सुर्ती छाडेनन् । जाडो मौसममा त नबिराई सेवन गर्थे । अस्पताल आएपछि सुर्ती बन्द भएको छ । गाउँको स्वास्थ्य चौकीमा देखाउँदा सुर्ती छोड्नु भनेका थिए तर छाडेनन् । 

सिरहाकी ५९ वर्षीया एक चौधरी महिला पनि अहिले फोक्सोको क्यान्सरको उपचारमा छिन् । दुई वर्षदेखि क्यान्सरसँग लड्दैछिन् । भनिछन्, ‘उमेरमा परिवारको आँखा छलेर साथीहरूसँग मिलेर लुकिछिपी धेरै बिँडी खाएँ । बुबाआमाले थाहा पाएपछि खैनी बनाएर खान थालेँ । खैनीविना एकैछिन बाँच्नै नसक्ने जस्तो हुन्थ्यो ।’ क्यान्सर थाहा भएपछि उनले सुर्ती चटक्कै छाडिन् । 

सिन्धुपाल्चोककी ६६ वर्षीया दोङ थरकी एक तामाङ महिला उमेरमा धेरै सुर्ती सेवन गरिन् । उनको पनि घाँटीमा क्यान्सर भएको छ । उनी उपचारमा छिन् । उनलाई सुर्तीको लतले छोडेको छैन । भन्छिन्, ‘आखिर जहिले भए पनि मर्नै पर्ने हो । सुर्तीको तलतलले झर्काेमात्रै लाग्छ ।’ 

अर्घाखाँचीकी ५९ वर्षीया एकजना कार्की महिलाले धेरै वर्ष सुर्ती सेवन गरिन् । सुर्ती नखानु भन्नेलाई उल्टै गाली गरिन् । एक दिन मर्ने सबै मर्ने नै त हो नि भन्थिन् । अहिले उनी क्यान्सरसँग जीवनमरणको संघर्ष गर्दैछिन् । उनीहरू सबै हरिसिद्धि क्यान्सर अस्पतालमै उपचाररत छन् । 

क्यान्सर रोग विशेषज्ञ प्राडा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ नै सम्पूर्ण रोगको मुख्य कारण हो भन्छन् । सुर्ती सेवन अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्ने उनको सुझाब छ । मूल्यवृद्धिले मात्रै सूर्ती सेवन कम नहुने डा. पौडेलको भनाइ छ । सुर्ती सेवन गर्नेलाई छुट्कारा पाउन मुस्किल पर्ने क्यान्सर विषशेज्ञ बताउँछन् । झट्टै छोड्न नसके पनि विस्तारै नियन्त्रण गर्न सकिने उनको भनाइ छ । 

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको तथ्यांकअनुसार नेपालमा नाक, कान र घाटीको क्यान्सरबाट वार्षिक ३५ सय देखि ५ सय जनाले ज्यान गुमाउने गरेका छन् । वार्षिक रूपमा संक्रमित हुनेको संख्या लगभग तीस हजार रहेको अनुमान छ ।

तथ्यांकअनुसार ‘हेड एण्ड नेक’ क्यान्सर महिलाको तुलनामा पुरुषा तीन गुणा बढी य । यो क्यान्सर जुनसुकै उमेरमा हुनसक्ने भए पनि ५० वर्ष नाघेकामा बढी देखिने गरेको छ ।