सुशानको सात विकेट

104

सुनसरी । सुशान भारीले रूयाट्रिकसहित सात विकेट लिएपछि सुनसरीको इनरुवामा जारी मनमोहन कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले एमएमसीसी इनरुवालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको आर्मीले मंगलबारको जितसँगै समुह ‘ए’को विजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनलमा यसअघि प्रदेश–३ पुगिसकेको छ । इनरुवा क्रिकेट मैदानमा सुशानले ८.३ ओभरमा ३ ओभर मेडन राख्दै १६ रनमात्रै खर्चेर ७ विकेट लिएपछि एमएमसीसी इनरुवा १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रनमै समेटिएको थियो ।

इनरुवाका ५ खेलाडीले खाता खोल्न सकेनन् । दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडेका थिए । इनरुवाका सुशान्त तिमिल्सिनाले १५ र सोनु मण्डलले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सुशनले पाँचांै ओभरको तेस्रो बलमा रवि रोयलाई २ रनमा एलबी डब्लु आउट गरे । लगत्तै अर्को बलमा विवेक मेहेतालाई भारीले भीम सार्कीबाट शून्यमा आउट गरे ।

भारीले आठौं ओभरको दोस्रो बलमा ओपनर सुशान्त तिमिल्सिनालाई कुशल मल्लबाट १५ रनमा क्याच आउट गराए । तेस्रो बलमा अलफज मनसुरीलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे । चौथो बलमा कप्तान सरोज बस्नेतलाई शून्यमा एलबी डब्लु आउट गर्दै हृयाट्रिक पूरा गरेका थिए । अन्तिम बलमा राकेश सोनीलाई भारीले शून्यमा बोल्ड आउट गरे । यस्तै आर्मीका आर्मीका हरिबहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए ।

एमएमसिसी इनरुवाले दिइएको ५७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले विकेट नगुमाई ५ ओभरमै पूरा ग¥यो । लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर कुशल मल्लले अविजित ३५ तथा हरिकृष्ण झाले २० रन बनाए । मल्लले १९ बलमा ५ चौका र २ छक्का तथा झाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘बी’अन्तर्गतको खेलहरू सुरु हुनेछन् । बुधबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालको सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् । खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।