सेल्फी किङमा तीन दिनको कथा (ट्रेलरसहित)

96

काठमाडौं । नयाँ चलचित्र ‘सेल्फी किङ’ अहिले मुख्य अभिनेता विपिन कार्कीको भूमिकाका कारण चर्चामा छ । उनको लुक्स फरक छ । उनी यो चलचित्रमा जोकरको हुलियामा देखिएका छन् । 
सार्वजनिक टिजर र पोष्टरबाट उनी एक सेलिब्रेटीको भूमिका छन् भन्ने दर्शकले अनुमान लगाइसकेका थिए । यसैबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । जसमा विपिनको भूमिका प्रष्ट छ ।एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्रमा अभिनेता विपिन ‘सेल्फी किङ’को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् । ओखलढुंगामा आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’उर्फ विपिन कार्कीको जीवनमा आउने उतार चढावको कथा ट्रेलरमा देखाइएको छ ।चलचित्रमा विपिन श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् ।

त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छन् । विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्र दिनेश राउत र सुवास थापाले निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सहनिर्माता हुन् । सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको चलमिचत्रमा निर्मलकुमार लामाको कोरियोग्राफी छ । चलचित्र आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।