हिमालयन फुटबल क्लब ले पायो मलेसियामा बैधानिकता ।

174

तिलोचन गौतम

क्वालालम्पुर मलेसिया,

मलेसियामा सानो एउटा अभ्यास मैदानबाट सुरुवात भएको हिमालयन फुटबल क्लबले आज मलेसियामा बैधानिकता पाएको छ। मलेसियाको खेलकुद मन्त्रालयको अन्तर्गत बैधानिकता पाउदा हिमालयन फूटबल क्लबलाइ एक दिन मलेसियामा नेपाली खेलाडीहरुले हिमाल जस्तै उच्च पार्ने छ्न र नेपाली र नेपालको मान प्रतिस्ठालाई अझै उच्च पार्नेमा आफू बिसस्त रहेको क्ल्वका फाउण्डर सन्तोस कार्किले खुसी हुँदै बताउनुभयो ।

मलेसियामा हजारौ प्रबासीएका खेलाडी र खेलले न्यायोचित मुल्यांकन पाउने मात्रै हैन समस्याले प्रबासिएका खेलाडीले आफ्नो खेल क्षमता प्रदर्सन गरेर रास्ट्रीयकरण सम्म गर्नसक्ने भएकाले खेलाडीहरुलाइ यो एउटा ठूलो अबसर बन्नसक्ने भएको छ साथै मलेसियामा रहेका सबैले hfc मेम्बर बन्नसकिने भएको छ।

हिमालयन फुटबल क्लबलाई यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिदै क्ल्वले क्रमश मलेसियामा ठाउँ ठाउँमा गर्दै क्षेत्रीय हुदै छिटै अन्तर्राष्ट्रिय स्तरको खेल फुटबल खेल खेलाउने योजनामा रहेको फाउण्डर कार्किले बताउनुभयो ।